पाँचौँ ढाप पोखरी महोत्सवको मिती फेरी सारियो

Mukya Samachar पर्यटन प्रदेश नं. १

इलाम : पाँचौ ढापपोखरी महोत्सवको मिती पुनः सारिएको छ । चैत्र २४ गतेबाट आयोजना गर्ने भनिएको महोत्सवलाई प्रतिकुल मौसमको कारण देखाउँदै ४ दिनपछि सारिएको थियो । तर दोश्रो पटक तोकिएको मितीमा समेत महोत्सव नहुने भएको छ ।

आयोजक समितीले बैशाख ७ गतेबाट महोत्सवको नयाँ मिती तय गरेको हो । लगभग महोत्सवको तयारी पुरा हुन लागेको समयमा मौसम खराव भएको कारण महोत्सव सार्नु परेको ढापपोखरी संरक्षण समितिका अध्यक्ष विप्लव भट्टराईले वताए । पछिल्लो समय पर्यटकीय गन्तब्य बन्दै आएको ढाप पोखरीमा सौचालय निर्माण , खानेपानी बिस्तार जस्ता कार्य गर्न महोत्सव आयोजना गरिएको जितबहादुर सावाले बताए । ५० हजार पर्यटक भित्रीने अनुमान गरेको आयोजकले २० लाख बढी खर्च हुने जनाएको छ ।
महोत्सवमा स्थानीय तथा जातीय खानाका परिकार , कृषि क्षेत्र संग सम्बन्धीत स्टल राखीने आयोजकले जनाएको छ । महोत्सवमा स्थानीय कलाकारको साथमा दैनिक सांस्कृतिक कार्यक्रम र बिभिन्न जातजातिका झाकी प्रर्दशन हुने छन ।
ढाप पोखरी संरक्षण समितिका अध्यक्ष तथा महोत्सव आयोजक समितिका सचिव बिप्लव भट्टराईले महोत्सवका बिषेश आर्कषणका रुपमा डुंगा सयर र फिक्सीङ रहने बताए । उनका अनुसार ३ बर्ष अगाडी पोखरीमा लगाईएका माछा यस पटकको महोत्सवमा पर्यटकले आफै झिकेर लैजान र खान सक्ने बातावरण रहेको छ ।
ढाप पोखरीमा गत बर्ष देखि नै डुंगा संचालनमा ल्याईएको छ । त्यहाबाट हागेथाम, चोयाटार र जौवारी जस्ता पर्यटकीय क्षेत्रमा सहजै पुग्न सकिन्छ । ५५ रोपनी क्षेत्रफलमा फैलिएको पोखरीको लम्बाई २ सय १५ मिटर र चौडाई १०० मिटर रहेको छ । ढाप पोखरीमा सडक , होटल होम स्टे आदिको अझै पनि अभाव नै रहेको छ ।

Leave a Reply

Your email address will not be published.