आशिष स्मृति पत्रकारिता पुरस्कार ताप्लेजुङका पत्रकार पन्दाकलाई

Breaking News Special News Trending प्रदेश नं. १

इलाम: यस वर्षको ‘आशिष स्मृति पत्रकारिता पुरस्कार’ बाट ताप्लेज’ङका पत्रकार चन्द्र पन्दाक ९प्रयास० पुरस्कृत भएका छन् । गोरखापत्र दैनिकका ताप्जेजुङ संवाददाता पन्दाक नगद १० हजार रुपैयाँ सहित पुरस्कृत भएका हुन् ।

साविक मेची अञ्चललाई कार्यक्षेत्र बनाएर पत्रकारीता गर्ने क्रियाशील पत्रकारलाई प्रत्येक वर्ष १ वैसाखमा प्रदान गरिदैं आएको पुरस्कार यसवर्ष पन्दाकलाई प्रदान गरिएको हो ।

स्वर्गीय राईको १७ औं स्मृति दिवसको अवसरमा आइतबार आयोजित कार्यक्रममा प्रमुखख अतिथि नेपाल पत्रकार महासंघका कन्द्रीय सदस्य सटेन्द्र जवेगू, प्रदेश १ का उपाध्यक्ष सोमनाथ सुसेली, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले पन्दाकलाई दोसल्ला, सम्मानपत्र र नगद १० हजार रुपैयाँ प्रदान गरेका थिए ।

ताप्लेजुङबाट प्रकाशित उज्यालो पोष्ट दैनिकका प्रकाशक समेत रहेका पन्दाक नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज० को केन्द्रीय समस्य हुन् । ताप्लेजुङको सिदिङ्बा गाउँपालिका ४ साब्लाखु स्थायी ठेगाना भएका पन्दाक विगत १६ वर्षदेखि व्यवसायिक पत्रकारितामा क्रियाशील छन् ।

रेडियो नेपालका तत्कालीन इलाम समाचारदाता आशिष राईको १ वैशाख २०५९ मा इलामको माइखोलामा पौडी खेल्ने क्रममा डुबेर निधन भएको थियो । सन्दकपुर गाउँपालिकाको सुलुबुङमा जन्मेका राईको मृत्युपछि इलामका सक्रिय पत्रकारहरुले ‘आषिश स्मृति पत्रकारिता पुरस्कार’ कोष स्थापना गरी एक क्रियाशील पत्रकारलाई पुरस्कृत गरिदैं आएको छ । युवा पत्रकार स्वर्गीय आशिष राईको स्मृतिमा २०६० सालमा पुरस्कार कोष स्थापना गरिएको थियो ।

सो पुरस्कारबाट यसअघि इलामका पत्रकार बेनुप भट्टराई, राजु शिवा, तोयानाथ भट्टराई, राजकुमार दाहाल, युवराज गौतम, गोविन्द लामिछाने, कोकिला ढकाल, भीम चापागाईं ,नमिन ढकाल र गणेश घिमिरे, पाँचथरका गणेश साम्पाङ र लक्ष्मी गौतम, झापाका मोहन काजी, रमेश समदर्शी राई, ताप्लेजुङका आनन्द गौतम र सीता निरौला पुरस्कृत भईसकेका छन् ।नयाँ बुल्न्दबाट

Leave a Reply

Your email address will not be published.