समन्वयको अभावमा स्थाई शिक्षक हाजीर हुँनबाट बञ्चित, नगरपालिका र जिल्ला शिक्षा समन्वय इकाई बिच जुँगाको लडाई

Special News Trending प्रदेश नं. १

प्रेम अधिकारी, फिक्कल :

शिक्षक सेवा आयोग उर्तीण गरी शिक्षक सेवा आयोगले स्थाई गरेर सूर्योदय नगरपालिकामा पठाईएका शिक्षक अन्योलमा परेका छन् । शिक्षक सेवा आयोगको आन्तरिक प्रतिस्पर्धाबाट छनौट भएर सूर्योदय नगरपालिका क्षेत्रमा रहेका बिद्यालयहरुमा आएका शिक्षकहरुलाई कुनै समन्वय नगरी पदस्थापन गरिएको भन्दै नगरले बिज्ञप्ती निकालेरसबै बिद्यालयहरुलाई हाजीर नगराउन निर्देशन दिएपछि शिक्षकहरु अन्योलमा परेका हुँन ।
लामो समय अस्थाई रुपमा सेवा गरी स्थाई भएर आएका शिक्षकलाई नगरपालिकाले तत्काल हाजीर नगराउन भनेपछि स्थाई नियुक्ती लिएर आएका शिक्षकहरु निरास बनेका छन् । शिक्षा सेवा आयोगबाट स्थाई भएर आएका शिक्षकलाई केहि दिन अघि जिल्ला शिक्षा समन्वय इकाईले नियुक्ती पत्र दिदै पदस्थापन गरेको थियो । तर उनीहरु सम्बन्धित बिद्यालयमा गए संगै नगरले मिति २०७६ साल बैशाख २ मा बिज्ञप्ती प्रकाशित गरी समन्वय बिना पठाईएका शिक्षकलाई हाजी नगराउन नगरका सम्बन्धित बिद्यालयलाई भनेको थियो । नगरको निर्णय पछि प्रकाशित गरिएको सूचना र निर्देशन पछि नयाँ नियुत्ती लिएर आएका शिक्षकलाई बिद्यालयले हाजीर गराउन सकेका छैनन् ।

सूर्योदय नगरपालिकाले आफुसग कुनै समन्वय नगरी जिल्ला शिक्षा समन्वय इकाई इलामले जथाभाबी रुपमा शिक्षक नियुक्ति गरेको र उनीहरुको तलव भत्ता तथा बितिय ब्यवस्थापनमा नगरपालिकालाई समस्या आउने भएका कारण नगरपालिकाको निर्देशनमा उक्त निर्देशन गरिएको सूर्योदयन गरपालिकाका शिक्षा शाखा प्रमुख योगनिधि भट्टराइले बताउनु भयो । नगरमा कति शिक्षक स्थाइ भएर आएका छन् र कुन कुन बिद्यालयमा आए नगरपालिकालाई कुनै जानकारी नभएको उहाको भनाइ रहेको छ । उहाले नगरले गरेको निर्णय आफु कार्यान्वयन गर्ने ठाउँमा भएकाले शिक्षकलाई हाजीरी नगराउनु भन्ने निर्देशन दिएको बताउनु भयो ।
शाखा प्रमुख भट्टराइले भन्नु भयो ‘ शिक्षकको स्थाई नियुक्ती गर्ने जिम्मा आयोग र जिल्ला शिक्षा समन्वय इकाईकै हो , तर जानकारी नभएकाले अन्योल्ता उत्पन्न गराएको हो ।, नियुत्ती लिएका शिक्षकलाई बोलाउदा पनि नगरमा सम्र्पकमा आआएनन , न त जिल्ला समन्वबाट नै कुनै बोर्दाथ नै आएको छ ।’
उता जिल्ला शिक्षा समन्वय इकाई इलामका प्रमुख उपसचिव होम भण्डारीले शिक्षक सेवा आयोगबाट स्थाई भई आएका शिक्षकलाई जिल्ला शिक्षा समन्वय इकाईले तोकेको स्थानमा तत्काल हाजीर गराउनु पर्ने बताउनु भयो । उहाले शिक्षक नियुक्ती गर्दै नगरमा बोर्दाथ पठाईएको बताउनु भयो । उहाले भन्नु भयो‘ स्थाई शिक्षक आए पछि कहा को अस्थाई छ भन्ने हुँदैन उनीहरु स्वत हट्छन, शिक्षक सेवाबाट स्थाई भएर आएकालाई हाजीर गराउनु पर्दछ । ’
यता नगर प्रमुख रण बहादुर राईले नगरले आफै शिक्षा संग सम्बन्धित एने कानुन र कार्य बिधि बनाई सकेको अवस्थामा कुनै समन्वय बिनै शिक्षक पठाउदा हाजीर गराउन नसक्ने जिकीर गर्नु भयो । उहाले भन्नु भयो‘पहिला हाम्रो नगरमा नियुत्ती पाएकाको लिष्ट पाउनु परयो अनि हामी सगको समन्वयमा कस्लाई कहा खटाउने भन्ने हुनु पर्छ , अनि मात्र कुरा मिल्छ ।’ नगर प्रमुख राईले जिल्ला शिक्षा समन्वय अधिकारीको निजी बिद्यालय नभएकाले उहाले त्यसरी शिक्षक खटाउन नमिल्ने बताउनु भया । नगर प्रमुख राईले भोली शिक्षकको तलब भत्ता लगायतका बिषयमा आउन सक्ने समस्यालाई मध्य नजर गरी नगरले तत्काल रोकेको बताउनु भयो । नगर प्रमुख राईले जिल्ला शिक्षा समन्वय इकाईले लिष्ट पठाएर कस्लाई कहा नियुक्ती गर्ने भन्ने समन्वय गरेमा मिलन बिन्दु हुने एबीसी नेपालीलाई बताउनु भयो ।
नगरपालिका र जिल्ला शिक्षा समन्वय बिचको समन्वयको कमीले गर्दा शिक्षक सेवा आयोग उर्तीण गरेका दर्जनौ शिक्षक अन्योलमा परेका छन । शिक्षा सेवा आयोगका एक अधिकारीले आयोग र जिल्ला शिक्षा समन्वय इकाईले पठाएका शिक्षकलाई बिद्यालयले हाजीर गराउनै पर्ने बताउनु भयो । उहाले ‘स्थाई पदपुर्ती र पदस्थापन गर्ने काम पनि आयोगकै र जिल्ला शिक्षा समन्वयकै हो ।’

नगर र शिक्षा समन्वयको बिगत देखिको विवाद

सूर्योदय नगरपालिका र शिक्षा इकाइबिच बिगत समयदेखी असमझदारी देखिएको छ । सूर्योदय नगर शिक्षा शाखा प्रमुखमा प्रेम गौतम रहेका बेला नगरपालिकाका बिद्यालयमा नियुक्त गरिएका ३२ जना शिक्षकको विवरण नगर शिक्षा शाखाले जिल्ला शिक्षा समन्वय इकाईमा नपठाएका कारण समस्या उत्पन्न भएको पाईएको छ । नगरले विवरण नपठाएका कारण जिल्लामा ती दरबन्दी खाली देखिएकाले स्थाई शिक्षकलाई पदस्थापन गरेको जिल्ला शिक्षा समन्वय इलामका प्रमुख होम भण्डारीले बताउनु भयो । उहाले भन्नु भयो ‘शिक्षक नियुक्ती गरेको विवरण हामी संग आएको छैन, रिक्त स्थानमा हामीले शिक्षक पठाएका हौ, स्थाई शिक्षक गएपछि ती ठाउँमा उहाहरु हाजीर हुनै पर्छ ।’ यता नगरपालिका शिक्षा शाखा प्रमुख योगनिधि भट्टराईले आफु आउनु भन्दा अगाडी विवरण पठाउने , अनुमती लिएर शिक्षक नियुक्ती गर्ने कुरामा नगर शिक्षा शाखाको कमजोरी भएको स्र्वीकार गर्नु भयो । उहाले भन्नु भयो ‘ एक पटक कमजोरी भएछ , फेरी फेरी यस्तो हुँदैन भनेर जिल्ला समन्वयमा म आफैले भनेको हँु , त्यति भन्दा पनि जिल्ला शिक्षा समन्वयबाट पटक्कै समन्वय चाहि नभएकै हो।’ नगर प्रमुख रण बहादुर राईले पटक पटक विवरण पठाउदा पनि जिल्ला शिक्षा समन्वय इकाईले अभिलेखीकरण नगरेको दावी गर्नु भयो । उहाले कर्मचारीले कर्मचारीकै काम गर्नु पर्ने बताउनु भयो । नगर प्रमुख राईले जिल्ला शिक्षा समन्वय इकाईले अहिले पनि शिक्षकको विवरण पठाए कहा कहा नियुक्ती गर्ने भन्ने बिषयमा पहल गरिने बताउनु भयो ।

बिवादको चुरो कुरो

बिगतमा सूर्योदय नगरपालिकाले आफनै शिक्षा कार्यविधि अनुसार जिल्ला शिक्षा समन्वय इकाई सग कुनै समन्वय नगरी शिक्षक नियुक्ती गरेको पाईएको छ । सरस्वती माध्यमिक बिद्यालय लक्ष्मीपुरमा कमल (इन्द्र) ढुंगेल र बौद्धधाम माध्यमिक बिद्यालयमा इश्वरी प्रसाद भट्टराईलाई जिल्ला शिक्षा समन्वय इकाईको अनुमति बिनै बिज्ञापन गरी परीक्षा गराएर नियुक्ती गरिएको पाईएको छ । तत्कालिन सूर्योदय नगरका शिक्षा शाखा प्रमुख प्रेम गौतमका अनुसार अन्य ब्यक्ति पनि यसरी नियुक्ती भएको बताउनु भयो । उहाका अनुसार नगरपालिकाको शिक्षा संग सम्बन्धीत आफनै कानुन बनीसकेकाले जिल्ला शिक्षा समन्वय इकाईमा कुनै समन्वय गर्नु पर्दैन भन्ने नगरको कुरालाई आफुले मानेको बताउनु भयो । गौतमले भन्नु भयो‘नगरको परीक्षा समितिको सदस्य मात्र म थीए, सबै जिम्मा नगरले बनाएको परीक्षा समितिले लिन्छु भनेको थियो , अव उतै सोध्नु होला । ’
३०÷३२ जना शिक्षक नियुक्ती भएको विवरण जिल्ला शिक्षा समन्वय इकाईमा छैन् । जिल्ला शिक्षा इकाईले नगरले विवरण पठाएको जनाए पनि जिल्लामा अभिलेखीकरण नहुनु नै मुख्य समस्या हो ।

जुगाको लडाई

नगरले शिक्षा सग सम्बन्धीत आफनै कानुन बनाएको छ । उसले आफनै ऐन कानुन टेकेर शिक्षक नियुत्ती गरेको छ । तर नगरले बनाएका कतिपय ऐन संघीय र प्रदेश ऐन संघ बाझीएको पाईएको छ । ऐन बाझीएको खण्डमा स्वत खारेज हुने प्रावधान छ । नगरले संघीय संरचना अनुसार आफु बलियो भएकाले आफै यो अधिकार पाउनु पर्ने दावी गर्दै आएको छ भने जिल्ला शिक्षा समन्वय इकाई यो मान्नै तयार छैन । स्थाई नियुक्ती र पदस्थापन शिक्षा आयोग र आफनो जिम्मा भएको जिल्ला शिक्षा समन्वय इकाईको भनाई छ ।
अहिलेका जिल्ला शिक्षा समन्वय इकाई इलामका प्रमुख होम भण्डारी र तत्कालिन सूर्योदय नगरपालिकाका शिक्षा शाखा प्रमुख प्रेम गौतम दुई जना पदीय हिसावले उपसचिव हुँन । एकै पदका ब्यक्ति भएकाले कतिपय अवस्थामा एकले अर्काको अस्थित्व स्वीकार गर्न नसकेको उनीहरु निकटका केहि ब्यक्तिबाट बुझीएको छ । को ठूलो भन्ने पदीय कारणले पनि समस्या आएको बुझीएको छ । एका तर्फ नगरको आफनै कानुन अर्को तर्फ पदीय हैसियत यी नै कारण विवाद बढेको देखिन्छ । सूर्योदय नगरका नगर प्रमुख रण बहादुर राईले समेत कर्मचारी बिचको जुगाको लडाई भएको बताउनु भयो । उहाले प्रष्ट भाषामा तलव खाएका कर्मचारीले कर्मचारीकै काम गर्नु पर्ने बताउनु भयो ।

समस्यामा बिद्यालय र शिक्षक

स्थाई नियुत्ती लिएर आएका शिक्षकलाई बिद्यालयले हाजीर गराउनु उसको कर्तब्य हो । शिक्षक संग स्थाई भएको र नियुत्तीको प्रमाण पत्र पनि छ , तर बिद्यालयमा हाजीर हुन पाएका छैनन् । बिद्यालयले हाजीर गराउनु पर्ने दायीत्व हुँदा हुँदै पनि नगरको आदेश पछि शिक्षकलाई हाजीर गराउन सकेको छैन् । नगर र शिक्षा इकाई बिचको अधिकारको बिबादले बिद्यालयले ति शिक्षकहरुको तलव भत्ताको ब्यवस्थापन गर्नुपर्ने भएकोले बिद्यालय समेत समस्यामा परेको प्रधानाध्यापकहरुले बताएका छन् । लामो समय अस्थाई सेवा गरी स्थाई भएका शिक्षहरु समेत विवादका कारण मनोबल गिरेको छ बताउन थालेका छन् ।

Leave a Reply

Your email address will not be published.