संचार क्षेत्रसँगको सम्बन्धलाई सुधार गर्न पत्रकार महासंघ र सरकारबीच वार्ता जरुरी:पूर्व प्रधानमन्त्री खनाल

Special News Trending प्रदेश नं. १

इलाम : पूर्व प्रधानमन्त्री झलनाथ खनालले संचार क्षेत्रसँगको विग्रदो सम्बन्धलाई सुधार गर्न नेपाल पत्रकार महासंघ र सरकारबीच वार्ता गर्नुपर्ने बताएका छन् ।

इलामको सूर्योदयन गरपालिकाको अन्तुमा आयोजित नेपाल पत्रकार महासंघ प्रदेश नम्बर १ को साधारण सभालाई सम्बोधन गर्दै खनालले पछिल्लो समय संचार जगत र पत्रकारबीच सम्बन्ध बिग्रिएको भन्दै खनालले तत्काल वार्ता गरी सम्बन्ध सुधार्न सुझाव दिएका हुन् ।
नेकपा एमालेका बरिष्ठ नेता समेत रहेका खनालले संविधान प्रदत्त अधिकारलाई हरण गर्न नमिल्ने भन्दै संचारले वर्तमान उपलब्धी प्राप्तिका लागि खेलेको भूमिकाको सम्मान गर्न सरकारलाई आग्रह समेत गरे ।
सामाजिक, आर्थक र राजनीतिक अधिकार प्राप्तिको प्राप्तिका लागि लढेका सवै वर्ग र समुदायको भावनाको रक्षा गर्नका लागि सरकारले अभिभावकको काम गर्नुपर्नेमा जोड दिए ।

प्रदेश सांसद धिरेन्द्र शर्माले संचार क्षेत्रको विकासका लागि प्रदेश सरकारसँग आवश्यक पहल गर्ने प्रतिवद्धताच जनाए । सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले इलामको पर्यटकीय क्षेत्रको प्रवद्र्धनका लागि संचार जगतको भूमिका महत्वपूर्ण रहेका स्मरण गर्दै आफ्नो स्थानीय सरकार संचारमैत्री रहेको दावी गरे । उनले पर्यटनको क्षेत्रमा कलम चलाउने पत्रकारलाई सम्मान गर्ने प्रतिवद्धता जनाए ।
नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यले दुई तिहाईको सरकार पत्रकारको अधिकार खोस्न उद्दत रहेको बताउँदै सरकारको ध्यानाकर्षण गराए । उनले विद्युतीय कारोबार ऐन २०६३ पत्रकारिताका लागि निर्माण नगरिएको दावी गर्दै पत्रकारहरुमा लागू नगर्न सरकारलाई आग्रहर गरे । महासंघका महासचिव महेन्द्र विष्टले पत्रकार महासंघले लोकतान्त्रिक आन्दोलनको नेतृत्व गरेको भन्दै पाइलैपिच्छे अड्चन नथाप्न सरकारलाई आग्रह गरे ।

अग्रज पत्रकार चन्द्र भण्डारीले पत्रकारले राष्ट्रियता रक्षार्थ हरदम काम गरिरहेपनि दुई तिहाईको सरकारले सञ्चारको योगदानलाई बिर्सेको गुनासो गरे । उनले हालसम्मको परिवर्तनको पहरेदार संचार क्षेत्रलाई कमजोर नठान्न सरकारलाई चुनौती समेत दिए ।
नेपाल प्रेस युनियनका कृष्ण हुमागाईले बहुमतको सरकारले सञ्चारको तागतलाई अवमुल्यन गरेको बताए । सञ्चारले खेलेको भूमिकालाई आन्दोलनमा रहेका दलले बिर्सेको गुनोसो गरे । उनले जनताको आवाजलाई कुन्ठीत गरेको बताए । प्रेस चौतारीका प्रदेश उपाध्यक्ष लिलाराज भट्टराईले पत्रकार महासंघलाई एक ढिका भएर पत्रकारको हकहितमा लाग्न आग्रह। गरे ।

प्रेस सेन्टर नेपालका प्रदेश अध्यक्ष राजन केडीले सरकार पत्रकारीता प्रति अनुदार भएको गुनासो गरे । संघीय प्रेस फोरम प्रदश उपाध्यक्ष राम योङहाङले पत्रकार महासंघलाई समावेशी र विसुद्ध पत्रकारहरुको साझा संस्था बनाउन आग्रह गरे ।
नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेशका अध्यक्ष विक्रम लुईटेलको अध्यक्षतामा भएको साधारण सभाले प्रदेश कार्यसमितिको हाल सम्मको कामको समिक्षा गर्दै नयाँ कार्यक्रम तयार गर्नेछ । कार्यक्रममा प्रदेश १ का दुई सय बढी पत्रकारहरुको सहभागिता छ । नयँ ब’ल्न्दबाट

Leave a Reply

Your email address will not be published.