खेलकुदको विकास गर्न राज्य लागि परेको छ: पूर्व सभामुख नेम्वाङ

खेलकुदको विकास गर्न राज्य लागि परेको छ: पूर्व सभामुख नेम्वाङ

इलाम: संविधान सभाका पूर्व सभामुख तथा नेकपाका नेता सुवासचन्द्र नेम्वाङले खेलकुदको विकास गर्न राज्य लागि परेको वताउनु भएको छ ।
इलामको देउमाई नगरपालिकाको मंगलबारेमा आज देउमाई गोल्डकपको उद्घाटन पछि उहाँले यस्तो वताउनु भएको हो ।
आफु विद्यालयमा पढ्दा खुव फूटवल खेलेको स्मरण गर्दै उहाँले आफूलाई फूटवल खेल असाध्यै मन पर्ने वताउनुभयो । आफुले निर्वाचन जितेको यस स्थानमा आउँदा उहाँले कुनै राजनिति चर्चा गर्नु भएन । उहाँले भाषण भन्दा पनि दर्शकहरुलाई खेल नै हेर्न हतार भएकाले आफुले छोटो भाषण गरेको वताउनु भयो ।
खेलको उद्घाटनमा देउमाई नगरपालिकाका मेयर सूर्यप्रसाद पोख्रेल, इलाम नगरपालिकाका मेयर महेश वस्नेत लगायत जनप्रतिनिधि र स्थानियको उल्लेख्य उपस्थिती रहेको थियो । आजबाट सुरु प्रतियोगिताको फाइनल खेल बैशाख १४ गते हुने छ ।

औपचापरि कार्यक्रम आयोजक त्रिभेणी युथ क्लबका अध्यक्ष विक्रम श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो । प्रतियोगितालाई देउमाई नगरपालिका, नेपाल आइस, यसोदा फुड्स (करेन्ट तयारी चाउचाउ) लगायतले सहयोग गरेका छन्

देउमाई गोल्डकप : रेडस्टार झापा दोस्रो चरणमा प्रवेश

रेडस्टार फूटवल क्वल झापा इलामको मंगलबारेमा जारी चौथो देउमाई गोल्डकपको दोस्रो चरणमा प्रवेश गरेको छ । शनिवार भएको उद्घाटन खेलमा आयोजक त्रिभेणी युथक्लव मंगलबारेलाई एकका विरुद्ध दुई गोल गर्दै दोस्रो चरणमा प्रवेश गरेको हो ।
जितका लागि खेलको दोस्रो मिनेटमा रेडस्टारका जर्सी नम्वर ३ का विकास थुलुङले गरेका थिए । त्यस्तै दोस्रो हाफको १८ औँ मिनेटमा जर्सी नम्वर ५ का पुजन उपरकोटीले अर्को गोल गर्दै नतिजा दोब्बर बनाएका थिए ।
यता आयोजकका तर्फबाट सान्त्वना गोल खेलको २१ औँ मिनेटमा जर्सी नम्वर ११ का मनिस राईले गरेका थिए ।
खेलको म्यानखफदि म्याच आयोजक का विशाल तामाङ घोषित हुँदै नगद २५ सय र ट्रफी प्राप्त गरे ।
भोलीको खेल मुनाल क्लव चन्द्रगडी झापा र सुनसरी फूटवल क्लवविच हुने आयोजकले जानकारी गराएको छ ।
प्रतियोगितामा भारतका एक सहित नेपालका आठ टीमको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल आगामी बैशाख १४ गते हुने छ ।