जमुनामा शुरु भयो फिसिङ सहितको पाँचौ ढाप पोखरी पर्यटन महोत्सव

Special News Trending प्रदेश नं. १

इलाम: इलामको सन्दकपुर गाउँपालिका ५ जमुनास्थित ढाप पोखरीमा तीन दिने ‘ढापपोखरी पर्यटन महोत्सव’ सुरु भएको छ । जिल्लामै पहिलो पटक फिसिङ सहितको महोत्सव सुरु भएको हो ।पर्यटन प्रर्वधन गर्ने उदेश्यले आयोजित महोत्सवको उद्घाटन सन्दकपुर गाउँपालिकाका अध्यक्ष उदयबहादुर राईले गरे ।

महोत्सवमा बोटिङ, फिसिङ, घोडचढी तथा वृहत साँसकृतिक कार्यक्रमको आयोजना गरिएको छ । महोत्सवमा जिल्लाका विभिन्न क्षेत्रबाट पर्यटकहरु ढापपोखरी पुगेका छन् । ढापपोखरीको प्रमुख आकर्षण फिसिङ रहेको छ । पोखरीमा करिब साढे ७ हजार माछा छन् । ग्रासकार र कमनकार जातका ती माछा २ वर्ष अघि तत्कालिन जिल्ला कृषि विकास कार्यालयले उपलब्ध गराएको थियो ।

त्यस्तै डुङ्गा सवार महोत्सवको अर्को आकषर्ण हो । चन्द्रपाल थेवे ढाप सिमसार संरक्षण समितिको पहलमा विस्तार भएको पोखरीमा कात्तिक २०७४ देखि २ वटा डुङ्गा समेत सञ्चालनमा ल्याइएको थियो ।
महोत्सवमा विभिन्न जातजातिको परम्परागत संस्कृतिको प्रर्दशनी, जातिय खाना र भेषभूषाको प्रर्दशनी, ऐतिहासिक र पुरातात्विक सामाग्री प्रर्दशनी गरिएको छ ।

त्यस्तै कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारको साथमा सांस्कृतिक प्रस्तुती रहेको छ । महोत्सवकै अवसर पारेर रेडपाण्डा पाइने स्थान चोयाटार र हाँगेथामको अवलोकन समेत गराइनेछ ।

पर्यटकका लागि होमस्टेको व्यवस्था गरिएको छ । पोखरी आसपासका २ दर्जन घरमा खान र बस्ने व्यवस्था गरिएको महोत्सव मूल आयोजक समतिकिा संयोजक जीतबहादुर साँवाले जानकारी दिए ।
महोत्सवमा ५० हजार बढि आन्तरिक र बाह्य पर्यटक भित्र्याउने लक्ष आयोजकको छ ।

ढापपोखरी जिल्लाकै सबैभन्दा ठूलो मानव निर्मित पोखरी हो । ५० रोपनी क्षेत्रफलमा फैलिएको पोखरीको लम्बाई २ सय १५ मिटर र चौडाई १ सय मिटर छ । सामान्य सीमसार रहेका क्षेत्रमा स्थानीयले निरन्तरको प्रयासपछि पोखरी निर्माण भएको हो ।

२०७२ वैशाख १ देखि स्थानीयले जनश्रमदान गरेर निर्माण थालेको ढापपोखरीले एक वर्षपछि पोखरीको आकार लिएको थियो । पहिलो दिन नै करिब एक हजार पाँच सय जनाले पोखरी निर्माणका लागि श्रमदान गरेका थिए ।
चन्द्रपाल थेवे ढाप सिमसार संरक्षण समितिको पहलमा पोखरीको संरक्षण र विस्तार थालिएसँगै वर्षेनी महोत्सवको आयोजना हुन थालेको हो ।

२०७२ वैशाख यता ४ वटा महोत्सव सम्पन्न भइसकेका छन् । सदरमुकाम इलाम बजारबाट करिब २२ किलोमिटर उत्तरमा रहको जमुनामा ढापपोखरीसहित हाँगेथाम, चोयाटार, जौवारी लगायत जैविक, धार्मिक र पर्यटकीय महत्वका स्थल छन् । यो महोत्सवले यी सवै पर्यटकीय क्षेत्रको प्रचार र प्रर्वधनमा सहयोग पुग्ने आयोजकको अपेक्षा छ ।

स्थानीय प्रयासयमा पोखरीको संरक्षण र विस्तार भएपछि त्यस क्षेत्रमा वर्सेनि पर्यटकको आउजाउ समेत बढेको छ । जिल्लाकै नौलो गन्तव्यको रुपमा विकास हुँदै गएको सो पोखरीको विस्तारसँगै पोखरीदेखि तलका वस्तीमा पानीका मूहान फुटेका छन् । जसका कारण पानीको हाहाकारमा रहेका त्यहाँका स्थानीयले नियमित पिउने पानीको सूविधा समेत पाएका छन् ।नयाँ बुलन्दबाट

Leave a Reply

Your email address will not be published.