पत्रकार महासंघ प्रदेश एकको अन्तुमा सम्पन्न साधारणसभाले जारी गरेको १३ बुंदे घोषणा पत्र

Special News Trending प्रदेश नं. १

नेपाल पत्रकार महासंघ प्रदेश नं. १ को २०७६ वैशाख ६ र ७ गते इलाम सूर्योदय नगरपालिस्थित श्रीअन्तुमा भएको साधारणसभाबाट पारित विषेश प्रस्तावहरुः

१. यो साधारणसभा लोकतन्त्र, नागरिक स्वतन्त्रता, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका निम्ति कसैसँग सम्झौता नगरिकन संघर्ष गर्न दृढ संकल्प गर्दछ ।
२. नेपालको संविधान विपरित विद्युतीय कारोबार ऐनका नाममा पत्रकार पक्राउ गर्ने, थुन्ने, कारबाही गर्नेजस्ता कार्य भएकाले तत्काल यस्तो कार्य वन्द गरि सो ऐनको दफा ४७ र ४८ अबिलम्ब खारेज गर्न यो साधारणसभा जोडदार माग गर्दछ ।
३. अनलाइन सञ्चार माध्यम नवीकरण र दर्ता गर्दा झन्झटिलो, अव्यवहारिक र अंकुस लगाउने प्रकृतिको भएकाले गर्दा सरल तरिकाबाट नविकरणको व्यवस्था गर्न यो साधारणसभा माग गर्दछ ।
४. यो साधारणसभा स्थानीय निकायको विज्ञापन स्थानीय सञ्चार माध्यमलाई भन्ने मान्यतालाई स्वीकार गरि प्रदेश र जिल्ला तहमा नेपाल पत्रकार महासंघको संलग्नतामा विज्ञापन प्राधिकरण वा त्यस्तो कुनै निकाय निर्माण गरि समान रुपमा सबै सञ्चार माध्यमलाई विज्ञापन वितरणको व्यवस्था गर्न र साना लगानीका सञ्चार माध्यमको प्रबद्र्धनमा योगदान गर्न सरकारको ध्यानाकर्षण गराउँदछ ।
५.यो साधारणसभा श्रमजीवी पत्रकार ऐन दुई दसक अघिदेखि कार्यान्वयन हुन नसकेकाले गर्दा यो ऐन संशोधन गरि स्वरोजगारमूललक र ठूला लगानीका सञ्चार माध्यमको वर्गीकरण गरि वस्तुगत अवस्था विश्लेषणसहित ऐन कार्यान्वयन गराउन सरकारसँग माग गर्दछ ।
६. यो साधारणसभा सञ्चार सम्बन्धी सबै काम गर्नका लागि प्रदेशस्तरीय मिडिया काउन्सिलसहितका संरचना निर्माण गर्न प्रदेश सरकारसँग माग गर्दछ ।
७. पत्रकार आचारसहितालाई कडाईका रुपमा कार्यान्वयन गर्न र आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही गर्न प्रदेश समितिलाई सो साधारणसभा निर्देश गर्दछ ।
८. यो साधारणसभा पत्रकार महासंघको विधान, निर्देशिका र केन्द्रीय साधारणसभाको निर्णय अनुसार पत्रकारितामा निस्क्रिय रहेका, राजनीतिक दलको पूर्णकालिन कार्यकर्ता रहेका, पत्रकारिता पेशा छाडेर अन्य पेशा र व्यवसायमा लागेका, वैदेशिक रोजगारीमा गएका, जनप्रतिनिधि भएका र निजामती तथा सरकारी सेवामा आबद्ध रहेकाको सदस्यता खारेज गर्न वा नविकरणमा रोक लगाउन निर्देश गर्दछ ।
९.महासंघको नयाँ सदस्यताको सिफारिस गर्र्दा आवश्यक कागजातसहित सैद्धान्तिक, प्रयोगात्मक तथा सार्वजनिक सुनुवाई गर्न शाखाहरुलाई निर्देश गर्दछ ।
१०. यो साधारणसभा महासंघका संरचनाहरुको भौतिक पूर्वाधार विकास तथा पत्रकारहरुको क्षमता अभिवृद्धिका निम्ति समानुपातिक ढंगले सहयोग गर्न प्रदेश सरकार र स्थानीय सरकारसँग माग गर्दछ ।
११. संविधानमा व्यवस्था भए अनुसार सबै सञ्चार माध्यम र पत्रकार सम्बद्ध संस्थाहरुलाई समावेसी बनाउन यो साधारणसभा आग्रह गर्दछ ।
१२.प्रेस स्वतन्त्रता, सूचनाको हक एवम् नागरिक अभिव्यक्ति स्वतन्त्रता सुरक्षित र सुनिश्चित गर्न एकीकृत आमसंचार कानून निर्माण गर्न तथा सबैखाले कानून निर्माण गर्दा सञ्चारमैत्री बनाउन यो साधारणसभा जोडदार माग गर्दछ ।
१३. सो साधरणसभा नेपालकै प्रसिद्ध पर्यटकीय स्थल इलाम सूर्योदय नगरपालिकाको श्रीअन्तुको प्रबद्र्धन र विकासमा सहयोग गर्न प्रदेश सरकार र संघीय सरकारसँग आग्रह गर्दछ । यस क्षेत्रको प्रचारप्रसारका लागि योगदान पु¥याउन प्रदेश नं. १ का सबै सञ्चारकर्मीलाई आग्रहसमेत गर्दछ ।
अन्त्यमा साधारणसभा सम्पन्न गर्नका लागि भूमिका निर्वाह गर्ने इलाम शाखा र सहभागी पत्रकारलाई बसोबासको व्यवस्था मिलाउने अन्तुडाँडा सामूदायिक होमस्टे, साधारणसभालाई सफल बनाउन सहयोग गर्ने प्रदेश सरकार, सुर्योदय नगरपालिका, इलाम नगरपालिकासहित सबैमा हार्दिक आभार प्रकट गर्दछ ।

Leave a Reply

Your email address will not be published.