नेकपाका जिल्ला अध्यक्ष र सचिवको टुंगो लाग्यो,इलामको अध्यक्षमा राम राना

Special News Trending प्रदेश नं. १

काठमाडौं: सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी एकता भएको झण्डै एक वर्षपछि जिल्ला अध्यक्ष र सचिवको टुंगो लगाएको छ ।

आइतबार साँझ सचिवालय बैठकले नयाँ मापदण्ड तय गरेसँगै जिल्लाका पदाधिकारी चयन भएका हुन् । तत्कालीन एमालेले अध्यक्ष वा सचिव जुन पद पाएको भए पनि तत्कालीन जिल्ला अध्यक्षलाई नै उक्त पदमा ल्याइएको छ । यसो गर्दा केही जिल्ला अध्यक्ष भइसकेका नेताको सचिवमा घटुवा भएको छ ।


नेकपा इलामकोे अध्यक्षमा राम राना

नेकपा इलामकोे अध्यक्षमा राम राना चयन हुन भएको छ । प्रदेश सांसद समेत रहनु भएका राना राना प्रदेश निर्वाचन अघि पनि तत्कालिन नेकपा एमालेको जिल्ला अध्यक्ष रहनु भएको थियो ।

राना प्रदेश सांसदको उम्मेद्धवार बनेपछि निर्वाचनका बेला पार्टीका अर्का नेता भक्त केसीलाई कार्यवहाक अध्यक्षको जिम्मेवारी दिएको थियो । पार्टी एकता पछि भक्त केसी नै अध्यक्ष बन्ने समाचारहरु समेत आएका थिए भने उहालाई सामाजिक संजालमा पार्टी अध्यक्ष भनी आफना शुभचिन्तकले बधाई समेत दिएका थिए । पार्टीको जिल्ला सचिवमा तत्कालिन माओवादीकी सोममाया राई चयन हुन भएको छ ।

Leave a Reply

Your email address will not be published.