इलामे सष्टा बरिष्ठ संगीतकार तथा गायक मदन दीपबिमको अमेरिकामा निधन

Mukya Samachar Special News Trending प्रदेश नं. १

प्रेम अधिकारी, इलाम:
इलाममे स्रष्टा बरिष्ठ सङ्गीतकार मदन दिपबिमको अमेरीकामा निधन भएको छ । उहाँको सोमबार राती हृदयघातका कारण अमेरिकाको सन फ्रान्सिस्कोमा निधन भएको हो । गएको महिना हृदयघात भएपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो । उहा गायीका समेत रहेकी कान्छी छोरी ममता दिपबिम संग अमेरीकामा बस्दै रहनु भएको थियो।
‘के भुल भयो प्रिया मसंग बोल्दिनौ, झस्केर दुख्छ यो मुटु मेरो कसैको यादमा, भन्छन कोहि जिन्दगी यो कर्कलाको पानी जस्तै हो (गीतकार), सुरिलो रुख सल्लै हो खोजेको तिमीले कल्लाई हो’ आदि लोकप्रिय गीतमा संगीत दिएका उहाको सयौ नेपाली मनछुने गीतमा योगदान रहेको छ ।

संगीतकार दिपबिमको निधन प्रति एबीसी नेपाली संगको कुराकानीमा गायक संगीतकार प्राज्ञ कोमल निरौलाले उहाको निधनले नेपाली गीत संगीतको क्षेत्रमा अपूरणीय क्षती भएको बताउनु भयो । ‘बाल्यकाल देखिका समकालिन साथीको निधनले स्तब्ध छु’ प्राज्ञ निरौलाले भन्नु भयो । निरौलाका अनुसार दिपबिमले धेरै गीतमा संगीत संयोजन गर्नु भएको भए पनि उहा गीत लेख्ने र गाउने पनि गर्नु हुन्थ्यो । निरौलाले भन्नु भयो‘उहा राम्रो डान्सर पनि हुनुहुन्थ्यो ।’
बरिष्ठ सङ्गीतकार टीका भण्डारीले उहाको निधन प्रति दुख ब्यक्त गर्दै एउटा मर्म स्पसी संगीतकार देशले गुमाउनु परेको बताउनु भएको छ ।
अमेरीकामै बस्दै आउनु भएका इलामे सष्टा साहित्यकार , गीतकार ज्ञानेन्द्र गदालले संगीतकार दिपबिमको निधनले नेपाली गीत संगीत क्षेत्रमा अपूरणीय क्षती भएको उल्लेख गर्नु भएको छ । आफनो फेसबुकमा समवेदना ब्यक्त गर्दै उहाले दिपबिमको निधन भए पनि उहाका सिर्जन नेपालीका मनमुटुमा रही रहने उल्लेख गर्नुु भएको छ ।
बरिष्ठ गीतकार दिनेश अधिकारीले उहाको निधन प्रति गहिरो दुख ब्यक्त गर्दै संगीतकार दिपबिमको निधनले नेपाली सांगीतिक क्षेत्रको एउटा नक्षत घटेको बताउनु भएको छ ।
यस्तै पत्रकार महासंघका पूर्व सभापति बिष्णु निष्ठूरीले आफनो फेसबुकमा उहा प्रति श्रदाञ्जली ब्यक्त गर्दै नेपाली आधुनिक र लोक संगीतका सुपरिचित गायक संगीतकार मदन दिपविमको निधनबाट देशले एक प्रतिभा गुमाएको उल्लेख गर्नु भएको छ । संगीतकार दिपबिमको निधन प्रति नेपाली कलाकारहरुले सामाजिक संजालमा दुख ब्यक्त गर्दै देशले एउटा कुलस सर्जक गुमाएको उल्लेख गरेका छन ।
२००५ सालमा इलाम नगरपालिका ७ मा जन्मनु भएका दिपविमले शुरुमा इलाममा शिक्षण पेशा गर्नु भएको थियो । त्यस पछि उहाले बिशेष प्रहरीमा काम गनुृ भयो । उक्त कामबाट अवकास प्राप्त दिपबिम केहि समय देखि चर्चीत गायीका समेत रहेकी कान्छी छोरी ममता संग अमेरीकामा बस्दै आउनु भएको थियो । केही समय रेडियो नेपालमा समेत काम गर्नु भएका उहाँले गायिका शिवा बस्नेतसँग विवाह गर्नु भएको थियो ।

उहाको दाहसंस्कार अमेरीकामै गरिने परिवारजनले बताएका छन् ।उहाको संगीतमा छोरी ममताले गाएको सुरिलो रुख लल्लाई हो बोलको गीत नेपालीका मनमुटुमा बस्न सफल बनेको छ । उहाले सयौ गीतमा संगीत र दर्जनौ गीतमा स्वर दिनु भएको छ । संगीतकार दिपबिमका भाई मंगेश बस्नेत फुटबल प्रशिक्षक रहनु भएको छ भने अर्का भाई महेश बस्नेत इलाम नगरपालिकाको नगर प्रमुख हुनुनुन्छ । दिपबिमको निधन प्रति एबीसी नेपाली डटकम परिवार गहिरो दुःख ब्यक्त गर्दै हार्दीक श्रदाञ्लजी अर्पण गर्दछ ।

भिडियो मदन दिविम , उषाकिरण अधिकारी लगायतले गाएको पूर्वेली लोक गीत

Leave a Reply

Your email address will not be published.