माईपोखरीका अग्नी पीडितलाई सहयोग कोषमा जम्मा राहत रकम गाउँपालिका द्धारा हस्तान्तरण

Mukya Samachar Special News Trending प्रदेश नं. १

युवराज पी.सी,सन्दकपुर:
माईपोखरी प्रवेश द्धवार नजिकैका अग्नी पीडितलाई सन्दकपुर गाउँपालिकाले राहात रकम हस्तान्तरण गरेको छ । सन्दकपुर गाउँपालिकाले स्थापना गरेको माइपोखरी अग्नीपीडित सहयोग कोषमा जम्मा भएको पाँचलाख ७० हजार नगद रुपैयाँ पीडितलाई गाउँपालिका अध्यक्ष उदयबहादुर राईले हस्तान्तरण गर्नु भएको हो ।
गाउँपालिकाको सहकार्यमा विभिन्न सरकारी निकाय,संघ सस्था,ब्याक्तीगत समेत गरी उक्त रकम कोषमा जम्मा भएको हो।
पुर्ण रूपमा आगलागीमा नष्ट भएका चार घरपरिवारलाई जनही एकलाख २० हजार रुपैयाँका दरले र अन्य तीन परिवारलाइ ३०हजारका दरले रकम बितरण गरिएको हो ।
कार्यक्रममा सन्दकपुर गाउँपालिका वडा नम्बर १ का अध्यक्ष नन्दकुमार राई,वडा नम्बर ३ का अध्यक्ष कृष्णप्रसाद पाठक,प्रमुख प्रशासकीय अधिकृत महेश राई लगायत स्थानीयबासीको उपस्थिति रहेको थियोे।

Leave a Reply

Your email address will not be published.