प्रदेश १ को नाम-राजधानी तोक्न सकस,राजधानी इटहरी र नाम कोशीको बढी संभावना !

Mukya Samachar Special News Trending प्रदेश नं. १

मोरङ: वैशाख १९ गतेभित्र प्रदेश १ को नाम र राजधानी तोक्ने विषयमा प्रस्ताव गर्न प्रदेशसभाले आह्वान गरेपछि नाम र राजधानीको बिषय थप जटिल बनेको छ । आज सांसद तथा दलले नाम र राजधानीबारे प्रदेशसभामा प्रस्ताव पेश गर्नुपर्ने छ । अहिलेसम्म कुनै दल वा सांसदले स्थायी राजधानी र नामबारे प्रस्ताव दर्ता गराएका छैनन् । बुधबार दिनभर सोही बिषयमा नेकपाको बैठक बसेपनि कुनै ठोस निर्णय निस्किन् सकेन् । सोही बिषयलाई टुंग्याउन बिहिबार बिहान शिर्ष नेताहरुको बैठक बोलाईएको छ ।

अस्थायी राजधानी विराटनगरबाट अन्यत्र सार्नुपर्ने भनेर नेकपा भित्रै सांसदहरु हस्ताक्षर संकलन अभियानमा जुटेका छन् । उनीहरु इटहरी र गोठगाउँ क्षेत्रमा राजधानी स्थानान्तरण गर्ने अभियानमा रहेका छन । प्रदेश एकको राजधानी इटहरी हुनुपर्छ भनेर नेकपा बहुतम सांसदले हस्ताक्षर गरेसँगै बुधबार नेकपा सांसदहरुको बैठक समेत स्थगित भएको छ । ६७ सांसद मध्ये ४५ जनाले इटहरी राजधानी हुनुपर्छ भने पछि नेकपा प्रदेश संसदीय दलको बैठक स्थगित भएको थियो ।

नेकपाको संसदीय दलको बैठकमा हस्ताक्षर बुझाउने योजनाका साथ सांसदहरुको हस्ताक्षर अभियानमा रहेका छन । प्रदेशको नाम र राजधानीको बिषयमा प्रदेशसभाको दुई तिहाई बहुमतले पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ । प्रदेश १ को कुल ९३ सांसद संख्यामा नेकपाको ६७ सांसद छन् । जुन दुईतिहाई(६२) भन्दा बढी हो । त्यसैले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सहित अन्य दलहरु नेकपाले के निर्णय गर्ला भनेर प्रतिक्षामा छन् । प्रतिपक्षी दल कांग्रेसले सहमतिको लागि सत्तापक्षको निर्णय पर्खिएको छ । कांग्रेसले बिहिबार बिहान १० बजेलाई संसदीय दलको बैठक बोलाएको छ ।

यस्तो पनि हुन सक्छ

प्रदेशको नाम र राजधानीको बिषय पेचिलो बनिरहेका बेला बिहिबार बिहान शीर्ष ५ नेताहरुबीचमा हुने बैठकले गर्ने निर्णय अन्तिम हुनसक्छ । ’पार्टीले ह्विप नै जारी गरी कुनै एक स्थानमा राजधानी र प्रदेशको नाम तोक्न सक्ने अबस्था छ । यसअघि विभिन्न दल र संघसंस्थाहरुले किराँत, सगरमाथा, कोशी, लिम्बुवान वा विराट हुनुपर्ने प्रस्ताव गरिसकेका छन ।

नेकपाभित्र भने कोशी प्रदेशमा सहमति जुटाउन कसरत भइरहेको छ । प्रदेशको नाम ’किरात कोशी वा किरात सगरमाथा राख्नुपर्छ भनेर समहतिको प्रयास हुदैछ ।’ पुर्वमा ओवादीका नेता र सांसदहरु किरातसँग सकरात्मक छन् । मुख्यमन्त्री शेरधन राई पनि किराँत फुर्को मात्र भएपनि राख्ने पक्षमा भएको बुझिएको छ । तर केही सांसदहरु कोशी वा सगरमाथा मध्ये एउटा नाम राख्ने पक्षमा छन् । कोशी वा सगरमाथा राख्दा त्यसले सबैको प्रतिनिधित्व हुने उनीहरुको दाबी छ ।

नाम कोशी राजधानी बिराटनगर

प्रदेशको नाम र राजधानीको बिषयले चर्चा पाईरहँदा धेरैको अनुमान र संकेत प्रदेशको नाम कोशी वा सगरमाथा मध्ये एक हुने र त्यसमा पनि कोशीको सम्भावना बढी देखिएको छ । राजधानीका बिषयमा अन्तिममा बिराटनगर नै हुने धेरैको आँकलन रहेको छ । अन्यत्र राजधानी माग गरिएपनि लगभग बिराटनगरमा सहमति भईसकेको र अन्यत्र ठाँउमा कुनै न कुनै मन्त्रालय वा सम्पर्क कार्यलय दिएर भएपनि राजधानी बिराटनगर हुने स्रोत बताउँछ ।पूर्वेली  न्युज

Leave a Reply

Your email address will not be published.