प्रदेश १ को राजधानी विराटनगरमै राख्ने नेकपाको निर्णय, जताततै बिरोधै- बिरोध

Special News Trending प्रदेश नं. १

विराटनगर:प्रदेश १ को स्थायी राजधानी विराटनगर नै कायम हुने संभावना बढेको छ ।दुई तिहाई बहुमत रहेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थायी राजधानी विराटनगर बनाउने प्रस्ताव प्रदेशसभामा दर्ता गरे पछि बिराटनगरको संभावना बलियो बनेको हो ।

नेकपा संसदीय दलको निर्णयअनुसार प्रस्ताव दर्ता भएको छ । राजधानी विराटनगर रहने तर, कार्यपालिका, व्यवस्थापिकालगायतका संरचना इटहरी विराटनगर सुन्दरहरैंचा आसपास संरचना निर्माण गर्ने नेकपा संसदीय दलको निर्णय छ ।

मुख्यमन्त्री शेरधन राईले सहमतिका लागि यस्तो प्रस्ताव अघि सारिएको बताएका छन ।
प्रदेशको स्थायी राजधानीबारे प्रदेशसभामा चार वटा प्रस्ताव दर्ता भएका छन् . धनकुटा र विराटनगर प्रदेश राजधानी हुनुपर्ने उल्लेख छ ।
सत्तारुढ नेकपाकै तीन सांसदले धनकुटालाई प्रदेश राजधानी बनाउनुपर्ने प्रस्ताव राखेका छन् । संसदीय दलको निर्णय विपरित दर्ता भएको प्रस्तावको प्रस्तावक निरन राई तथा समर्थक इन्द्रमणि पराजुली र कुसुमकुमारी ७नतसेष्ठ छन् ।मुख्यमन्त्री राईले नेकपाका सांसदहरुलाई अराजक हुने छुट नभएको भन्दै कारबाही गर्ने चेतावनी दिएका छन् ।

प्रदेशको स्थायी राजधानी प्रदेशसभाको दुई तिहाइ बहुमतले टुंगो लगाउने संवैधानिक व्यवस्था छ ।मुख्यमन्त्री राईका अनुसार प्रदेशसभाको नामबारे अहिले कुनै प्रस्ताव दर्ता हुने छैन । सभामुखसँग परामर्शपछि यही वा अर्को अधिवेशनमा प्रस्ताव ल्याउने तय गरेको छ ।

Leave a Reply

Your email address will not be published.