कन्याम लगायत इलामको बिकासमा प्रदेश सरकार लागि पर्छः मन्त्री कुसीयत

Special News Trending पर्यटन प्रदेश नं. १


कन्याम: प्रदेश १ का पर्यटन,बन वातावरण तथा उद्योग मन्त्री जगदिस प्रसाद कुसीयतले कन्याम लगायत इलामको बिकासमा प्रदेश सरकार लागि पर्ने बताउनु भएको छ ।
बुधबार इलामको सूर्योदय नगरपालिका वडा नंं. ६ कन्याममा डि छयाप छेवाङ बौद्ध गुम्बको उद्घाटन गर्दै मन्त्री कुसीयातले कन्याम आफैमा समृद्ध भएकाले यसको बिकासका लागि प्रदेश सरकार लागि पर्ने बताउनु भएको हो ।
मन्त्री कुसीयतले पर्यटकीय तथा धार्मीक क्षेत्र प्रदेश सरकारका धरोहर भएकाले यसको बिकासका लागि प्रदेश सरकारले कुनै कसुर वाँकी नराख्ने बताउनु भयो । मन्त्री कुसीयतले धार्मीक तथा पर्यटकीय क्षेत्रमा कम बजेट विनियोजन भएकाले सबै धार्मीक तथा पर्यटकीय क्षेत्रको बिकासमा ध्यान नपुगे पनि आगामी बजेटमा धार्मीक तथा पर्यटकीय क्षेत्रको बिकासमा थप ध्यान दिने बताउनु भयो ।
मन्त्री कुसीयतले यस आर्थिक बर्षमा प्रदेश सरकारले २ सय करोड रुपीयाँको बजेट बिनियोजन गर्दा पनि अपुग भएको बताउनु भयो । मन्त्री कुसीयतले आफनो मन्त्रालयमा कर्मचारी अभाव भएकाले काम गर्न नसकेको बताउनु भयो ।
उहाले प्रदेश सरकारले इलामको सूर्योदय नगरपालिकालाई पर्यटकीय नगरी घोषणा गरीसकेकाले उक्त क्षेत्रको भौतीक पूर्वाधार , बिकास निर्माण लगायतका बिषयमा प्रदेश सरकारले ध्यान दिने बताउनु भयो । मन्त्री कुसीयतले प्रदेश सरकारको आगामी बर्षको बजेटमा साना मसिना योजनामा नअल्झेर ठूला योजनामा केन्द्रित हुने बताउनु भयो ।
कार्यक्रममा नेकपा केन्द्रिय सदस्य तथा प्रदेश सांसद धिरेन्द्र शर्मा रमणले पर्यटकीय तथा धार्मीक क्षेत्रको बिकासका लागि स्थानीय समेत सक्रिय बन्नु पर्ने बताउनु भयो । सांसद शर्माले स्थानीय पर्यटन ब्यवसायीले बिकास संगसगै यहाका सेवा समेत बेच्न सक्नु पर्ने बताउनु भयो । उहाले भन्नु भयो ‘पर्यटन ब्यवसायीले सेवा गरे बापत मुनाफा कमाउनु प¥यो ।’

यस्तै अर्का प्रदेश सांसद काजीमान कागतेले धर्म नभएको ठाउँमा शान्ति र बिकास नहुँने बताउनु भयो । उहाले भन्नु भयो‘जहा धर्ममा बिश्वास गरिन्छ, त्यहा शान्ति र बिकास फैल्न्छ, त्यसैले बिकास गर्दा दिर्घकालीन लक्ष्य राखेर काम गर्नु पर्ने बताउनु भयो । कार्यक्रममा सूर्योदय नगरपालिकाकी उपप्रमुख दुर्गादेवी भट्टराईले कन्याम पर्यटकको हव भईसकेकाले कन्यामलाई रात्री कालीन पर्यटकीय गन्तब्य घोषणा गर्न माग गर्नु भयो । कार्यक्रममा कन्याम र गुम्बाको बिकासका लागि पहल गर्न माग गर्दै मन्त्री कुसीयतलाई स्थानीयले ज्ञापन पत्र समेत बुझाएका थिए । २५६३ औं बुद्ध जयन्तीका अवसरमा आयोजना गरिएको त्रिपीटक श्रवण(बिश्व शान्ती पूजा) कार्यक्रममा बौध धर्म गुरु खिन रिम्पोछे गेसेङिमाले तीन दिन सम्म प्रर्वचन दिनु हुने छ । गुम्बा निर्माणका लागि स्थानीय कर्मसिंह तामाङले निशुल्क दिनु भएको २ रोपनी जग्गामा १८ लाख बढी रकम बिभिन्न दाताबाट संकलन गरी उक्त गुम्बा निर्माण गरिएको छ ।
डि छयाप छेवाङ बौद्ध गुम्बाका अध्यक्ष सुरेन्द्र मोक्तानको अध्यक्षतामा भएको कार्यक्रममा सूर्योदय नगरपालिका ६ का अध्यक्ष सिवकुमार बस्नेत, समाजवादी पार्टीका इलाम अध्यक्ष कमल चाम्लिङ्ग, इलामका गुम्बाहरुको तर्फबाट लामागुरु रबिन लामा र आदिवासी जनजाति महासंघ सूर्योदय नगरपालिकाका अध्यक्ष सोनाम यल्मु लगायतले गुम्बा निर्माणका लागि सरकारले सहयोग गर्नुपर्नेमा जोड दिएका थिए । उक्त कार्यक्रममा गुम्बालाई प्रदेश सांसद काजीमान कागतेले १० हजार र संघीय समाजवादी नेपालका जिल्ला अध्यक्षले १० हजार सहयोग गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published.