एड्भान्स तालिम समापन

प्रदेश नं. १ समाचार समाज

इलाम जेठ : देउमाई नगरपालिकाको मंगलबारेमा अढाई महिने एड्भान्स सिलाईबुनाई तालिम सम्पन्न भएको छ । शुक्रबार एक कार्यक्रमबाविच तालिमको समापन गरिएको हो ।
घरेलु तथा साना उद्योग विकास समितिको आयोजना र देउमाई नगरपालिकाको सहयोगमा भएको तालिममा नगरपालिका भित्रका ११ जना दलित महिलाहरुको सहभागिता रहेको थियो । तालिमलाई सुनिता गिरीले सहजीकरण गरेकी थिइन् ।
गत वर्ष बेसिक तालिम लिएकाहरुलाई पुन दक्ष बनाउन एड्भान्स तालिम दिइएको साना उद्योग विकास समितिका नासु खड्ग बस्नेतले जानकारी दिए । उनका अनुसार देउमाई नगरपालिकामा कृषि र मोवाइल मर्मत तालिम समेत सञ्चालन भइरहेको छ ।
तालिम समापन को अवसरमा वोल्दै देउमाई नगरपालिकाकी उपमेयर पविमाया राईले महिलाहरु आत्मनिर्भर भएमात्र परिवार र समाज आत्मनिर्भर बन्न सक्ने वताइन् । उनले आफुले पहिला सिलाई कटाई सिक्न इलाम सदरमुकाम धाएको स्मरण गर्दै हाल सिप सिक्न धेरै सहज भएको उल्लेख गरिन् । ब्यवसाय दर्ता गरेर आत्मनिर्भर हुन आग्रह गर्दै उनले आगामी दिनहरुमा पनि नगरले दलित महिलाहरुलाई सहयोग गर्ने वताइन् । समापन कार्यक्रम नगर दलित उत्थान समितिका संयोजक टीकाराम बराइलीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा प्रशिक्षार्थी आफुले सिकेको सिप प्रयोग गरेर सिलाइएका कपडा समेत कार्यक्रमका अतिथीहरुलाई देखाएका थिए ।

Leave a Reply

Your email address will not be published.