पूर्वी तराईमा गर्मी बढेसँगै जनजिवन प्रभावित

Breaking News Special News Trending प्रदेश नं. १ समाज

ध्रुव ढकाल

पूर्वी तराईमा केही दिन यता गर्मी बढेसँगै जनजिवन प्रभावित बन्न थालेको छ । तिन दिन देखि बढेको अत्यधिक गर्मीका कारण बजार क्षेत्रमा मानिसहरुको चहलपहलमा कमी आएको छ । गर्मीको कारण मजदुरी गरेर जिविको पार्जन गर्ने परिवार वढी मारमा परेका छन् ।

चर्को घामसँगै बढेको गर्मीका कारण मानिसहरुलाई दैनिक जिवनयापन गर्नका लागि समस्या हुन थालेको छ । गर्मीका कारण आफ्नो दैनिक कामकाजमा बजार निस्कने मानिसहरुको कमी हुदै गएको छ । विहिवार सुनसरीमा ३७ डिग्री सेल्सीएस तापक्रम मापन गरीएको थियो भने यो तापत्रम केही दिन वढ्ने अनुमान मौसमविधले गरेका छन् ।

सुनसरीका बजार क्षेत्रमा रिक्सा चलाउने मजदुर तथा घरनिर्माणको क्षेत्रमा काम गर्ने मजदुरहरु आफ्नो दैनिक जिविका चलाउनका लागि चर्को घाममा काम गर्न बाध्य भएको वताउछन् । गर्मीका कारण उनिहरुलाई यतिवेला काम गर्न अत्यधिक असहज बन्न थालेको गुनासो गरेका छन् ।

यता चौकका सामान ओसार पसार गर्ने ठेला रिक्सा चालक अन्य समयको भन्दा यतिवेला चर्को घाममा भएको कारण कामनै गर्न गह्रो भएको वताउछन् । इटहरी गईसारको नटुवा चौधरीले सडक छेउको रुख काट्नाले झन् सकस भएको वताउछन् । चौधरी भन्छन् चर्को घाममा ओत लाग्ने ठाउँ पनी अबत छैन सवै नगरपालीकाले काट्यो ।

विहानै देखी लाग्ने चर्को घामका कारण आफ्नो दैनिकी कामकाजमा समेत असरपरेको स्थानीय बताउछन् । पुर्वी तराईनमा दिनप्रतिदिन तापक्रमको मात्रा पनि बढ्दै गएको छ ।
संचारपाटीबाट

Leave a Reply

Your email address will not be published.