चुलाचुली गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत काजीमान राई इन्टेग्रिटी आइकन नेपालको शिर्ष ५ मा

Mukya Samachar Special News Trending प्रदेश नं. १ समाज

फिक्कल :राष्ट्रसेवक कर्मचारीहरुलाई हौसला प्रदान गर्नका निम्ती एक मात्र प्रतियोगिता इन्टेग्रीटी आइकन नेपालको छैटौ संस्करणको शिर्ष ५ मा चुलाचुली गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत काजीमान राई मनोनयमा परेका छन् । एकाउन्टबिलिटी ल्याब नेपालको आयोजनामा हुन गइरहेको यस प्रतियोगितामा यस वर्षको उत्कृष्ट पाँचमा राईसंगै वन तथा वातावरण मन्त्रालय आयोजना सहजीकरण शाखा काठमाण्डौका शाखा प्रमुख ज्ञानेन्द्रकुमार मिश्र, खाध्य प्रविधी तथा गुणस्तर नियन्त्रण विभाग काठमाण्डौका खाध्य अनुसन्धान अधिकृत इश्वरी सुवेदी, भानुभक्त माध्यमिक विद्यालय तनहुँका शिक्षक प्रेमबहादुर दरै र जिल्ला अस्पताल मुगुकी सिनियर अनमी पुण्यप्रभा देवकोटा परेकी छन् ।
अनलाईन, सामाजिक सञ्जाल, विभिन्न सञ्चार माध्यम तथा युवा स्वयंसेवक परिचालन गरेर मनोनयन आव्हान गरिएको थियो । इन्टेग्रिटी आइकनले तय गरेको पूर्व निर्धारित मापदण्डलाई आधार बनाएर विभिन्न ७ चरणको छनोट प्रकृया पश्चात स्वतन्त्र निर्णायक समितिले उत्कृष्ट पाँचको छनोट गरेका हुन् ।
कसरी गर्ने भोटिङ ?
अन्तिम पाँच मध्ये एसएमएस र वेबसाईटबाट प्राप्त जनताको मतका आधारमा निर्णायक समितिको इन्टेग्रीटी आइकन नेपाल २०१९ को छनोट गर्नेछन । एसएमएस र वेवसाईटबाट भोटिङका लागि उत्कृष्ट पाँचजनालाई बेग्ला बेग्लै भोटिङ कोड निर्धारण गरिएको छ । ज्ञानेन्द्रकुमार मिश्रको लागी भोटिङ कोड १, इश्वर सुवेदीको लागी २, काजीमान राईको लागी ३, प्रेमबहादुर दरैको लागी ४ र पुण्यप्रभा देवकोटाको लागी ५ निर्धारण गरिएको छ । भोट गर्नका लागि मोबाईलको म्यासेज बक्समा गएर IIN टाइप गरी एक स्पेस दिएर आफुलाई चित्त बुझेको ब्यक्तिको भोटिङ कोड लेखि ३४००१ मा पठाउन सकिने छ ।
त्यसैगरी http://www.intergrityicon.org/vote मा गएर पनि गर्न सकिने छ । भोट गर्ने अवधि भदौ २६ गते AP1 टेलिभिजनमा कार्यक्रम प्रशारण भएदेखी देखि सुरु भएर असोज ४ गते शनिवार राती १२ बजेसम्म सम्म खुल्ला रहने छ । भोटिङ अवधी समाप्तपछि असोज ९ गतेका दिन यस बर्षका र पुर्व आइकनहरुबिच एक अन्तरक्रिया कार्यक्रम हुनेछ । त्यसको अर्को दिन असोज १० गते एक सार्वजनिक समारोहबिच भोटिङको नतिजा सार्वजनिक गर्दै पाँचै जनालाई सम्मान गरिनेछ । लोकल शन्देश

Leave a Reply

Your email address will not be published.