प्रेम अधिकारी ,फिक्कल:
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आज बिहान अन्तु पोखरीमा फिसिङ गर्नु भएको छ । पोखरीमा फिसिङ गर्दा मुख्यमन्त्री राईले एउटा माछा पनि जालमा पार्नु भयो । पोखरीमा आजबाट पर्यटकका लागि फिसिङ शुरु भएको छ । उक्त पोखरीमा फिसिङको उद्घाटन गर्न पुग्नु भएका मुख्य मन्त्री राईले उद्घाटन गर्दै फिसिङमा रमाउनु भएको हो । सूर्योदय पर्यटन महोत्सवका अवसरमा नगरपालिकाले अन्तु पोखरीमा आजबाट फिसिङ खुल्ला गरेको छ । स्थानीय पर्यटन ब्यवसायी रुद्र घिमिरेका अनुसार एक सय रुपैया तिरे पछि सर्वसाधारणले फिसिङ गर्न पाउने छन । एउटा माछा जालमा परे पछि फिसिङको समय सकिने छ ।
पर्यटकले जालमा पारेको माछा लान पनि सक्ने छन, त्यहि छोडन पनि सक्ने छन् । नगर प्रमुख रणबहादुर राईले पर्यटकलाई थप आर्कशित गर्न फिसिङ खुल्ला गरिएको बताउनु भयो । मुख्य मन्त्री राईले नेपालकै पहिलो लाप्चा संग्राहसयको समेत आजै उद्घाटन गर्नु भएको छ । यस अघि अन्तु डाँडामा सूर्य पूजा गर्नु भएको छ । मुख्यमन्त्री संगै नेकपाका केन्द्रीय सदस्य तथा प्रदेश सांसद धिरेन्द्र शर्मा , नेकपाका जिल्ला अध्यक्ष तथा प्रदेश सांसद राम राना, सूर्योदयन गरपालिकाका नगर प्रमुख रणबहादुर राई लगायत स्थानीय पर्यटन ब्यवसायीको सहभागीता रहेको थियो ।