इलाममा दादुरा रुबेला खोप अभियान फागुन ५ देखि २४ सम्म

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ समाचार समाज स्वास्थ्य/शिक्षा

इलाम: दादुरा रुबेला खोप अभियान २०७६ को खोप समन्वय समिति र सरोकारवालारुसँगको अन्तरक्रिया एंव छलफल कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय खोप तथा नियमित खोप सदृढिकरण दादुरा रुबेला खोप अभियानका बारेमा सरोकारवालाहरुलाई जानकारी दिने उदेश्यले छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो ।
खोप समन्वय समितिका अध्यक्ष गणेश प्रसाद बरालको अध्यक्षतामा भएको बैठमा स्वास्थ्य कार्यालय इलामका प्रमुख बृजकुमार दासले खोप अभियाका बारेमा जानकारी गराएका थिए । ९ महिनादेखि ५ वर्ष मुनीका बालबालीकाहरुलाई लगाइने खोप इलाममा फागुन ५ गतेदेखि शुरु भई फागुन २४ गतेसम्म संचालन हुने जानकारी गराइएको थियो । इलामका १० वटा स्थानीय तहमध्ये पहिलो चरणमा ५ वटा स्थानीय तहमा फागुन ५ गतेदेखि १३ गतेसम्म र दोस्रो चरणमा बाँकी ५ स्थानीय तहमा फागुत १६ देखि २४ गतेसम्म अभियान संचालन गरिने छ ।
खोप अभियान संचालन गर्न जिल्लाका स्वास्थ्य प्रमुख, स्थानीय तह स्वास्थ्य शाखा संयोजक र सहसंयोजकलाई अभिमुखिकरण तालिम प्रदान गरिसकिएको छ । बाल तथा मातृ मृत्यु दरमा कमी ल्याउने उदेश्यले संचालन गरिने खोप अभियानमा प्रत्येक स्वास्थ्य संस्था, खोप केन्द्रमा खोप अभियान संचालन गरिने खोप अभियानमा जिल्लाका ५ सय १० वटा खो केन्द्रबाट बालबालिकालाई खोप लगाइनेछ ।
पहिलो चरणमा खोप अभियान देउमाई नगरपाकिला, माङ्सेबुङ्ग, चुलाचुली गाउँपालिका र माई नगरपालिकामा सचालन हुनेछ । कार्यक्रममा इलाममा खोप कार्यक्रम लक्ष्य अनुसार प्रगति नभएको पनि जानकारी गराइएको थियो ।
कार्यक्रममा बोल्दै खोप समन्वय समितिका अध्यक्ष गणेश बरालले लक्ष्य अनुसार प्रगतिमा पु¥याउन खोप कार्यक्रमलाई अझ प्रभावकारी रुपमा चेतनामुलक तरिकाले प्रचारप्रसार गर्नुपर्नेमा जोड दिए । राज्यको संरचना र अधिकार बाँडफाडको क्रममा प्रभावकारी रुपमा कार्यक्रम संचालन गर्न समस्या भएपनि स्वास्थ्य कार्यालय इलामले प्रत्येक स्थानीय तहमा नियमित अनुगमन गर्नुपर्ने बरालले बताए ।
कार्यक्रममा इलाम अस्पतालका प्रमुख डाक्टर प्रभु साहाले खोप अभियानलाई लक्ष्य अनुसार प्रगतिमा पु¥याउन सबै स्वास्थ्यकर्मी एक भएर लाग्ने बताए । कार्यक्रममा नेपाल पत्रकार महासघ इलामका उपाध्यक्ष सुजन तिमल्सिनाले खोप अभियानलाई प्रभावकारी बनाउन सबै संचारमाध्यमबाट सन्देशमुलक सुचना प्रकाशन र प्रशारण गर्नुपर्ने बताए । कार्यक्रममा इलामका साहायक प्रमुख जिल्ला अधिकारी सफल पोर्तेल, प्रहरी प्रमुख हिराबहादूरु पाण्डे लगायतका उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.