जनकल्याणको वार्षिक उत्सव सम्पन्न

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ शिक्षा समाचार समाज

गोविन्द लामिछाने,इलाम:

इलामको फाकफोकथुम गाउँपालिका ७ स्थित जनकल्याण माध्यमिक विद्यालयको ५३ औं वार्षिक उत्सव विविध कार्यक्रमका साथ आज सम्पन्न भएको छ । दुई दिनसम्म सञ्चालित उत्सवमा हाजिरीजवाफ प्रतियोगिता, नृत्य, भलिबल प्रतियोगिता सम्पन्न भएका छन् । प्रतियोगितामा जानकी मावि पोखरी, सिंहदेवी मावि एकतप्पा, मिक्तोक आवि, किराँतेश्वर आविका विद्यालयले सहभागिता जनाएका छन् ।
प्रतियोगितामा विजयीलाई कार्यक्रमका प्रमुख अतिथि सरस्वती राई (सरु) ले पुरस्कार तथा प्रमाण पत्र वितरण गर्नुभयो । सोही अवसरमा पूर्व विद्यार्थीहरुलाई सम्माान गरियो ।
कार्यक्रममा फाकफोकथुम गाउँपालिकाका शिक्षा शाखा प्रमुख कुलबहादुर थेगिमले शिक्षा क्षेत्रमा केही समस्या देखिएकाले यसलाई समयमै विद्यालय र गाउँपालिकाको समझदारीमा समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत रेखनाथ दाहालले शिक्षा क्षेत्र सवल भएमा मात्र समग्र देशको विकास हुने बताउँदै विद्यालयमा अनुशासन कायम हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रमका प्रमुख अतिथि सरस्वती राई सरुले फाकफोकथुम गाउँपालिकाका ४१ वटा विद्यालयलाई गाउँपालिकाले बजेटको व्यवस्था गरेको बताउनुभयो । उहाँले विद्यालयमा भवन, डेक्सबेञ्चलगायत धेरै विषयमा गाउँपालिकाबाट बजेट विनियोजन भएको बताउनुभयो । देश विकासको प्रमुख आधारनै शिक्षा भएकाले विद्यालयको शैक्षिक गुणस्तर उकास्नका लागि गाउँपालिकाले सबै विद्यालयलाई समान हैसियलत हेर्ने बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष पञ्चबहादुर योङ्गहाङ्गले शिक्षा क्षेत्रमा धेरै समस्या देखिएका छन् ती समस्यालाई गाउँपालिकाले सबैको सहमतिमा सुल्झाउन आग्रह गर्नुभयो । कार्यक्रममा विव्यस सदस्य किर्तिराज आले मगर, महिला सदस्य भद्रमाया खडका, अपांग सहयोग संघका अध्यक्ष खगेन्द्र खनाल, वडाध्यक्ष लोकबहादुर गोदार, क्याम्पस प्रमुख तीर्थ मिश्र, पूर्व विव्यस अध्यक्ष तथा समाजसेवी गोविन्द कोइरालालगायतले विद्यालयको शैक्षिक गुणस्तर माथि उकास्न सबैको साथ र समर्थन रहनुपर्नेमा जोड दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published.