माईपोखरीको विकासमा प्रदेश सरकारले सहयोग गर्छ : मन्त्री कुशियत

Breaking News Hot News Mukya Samachar Special News Trending पर्यटन प्रदेश नं. १

सन्दकपुर: प्रदेश सरकारका वन वातावरण तथा पर्यटन मन्त्री जगदिश प्रसाद कुसियतले इलामको पर्यटकिय रामसार क्षेत्र माईपोखरीको अवलोकन भ्रमण गरेका छन् । आइतबार इलाम आइपुगेको कुसियतले जैविक विविधताले भरिएको सो क्षेत्रको भ्रमण गर्दै विकास र प्रर्वद्धनका लागी प्रदेश सरकारले लगानी गर्ने बताए ।

मन्त्री कुशियतले सय घुम्नुपर्ने गन्तव्यमा परेको माइपोखरी क्षेत्रमा गर्न सकिने विकास र समस्याको बारेमा चासो व्यक्त गरेका थिए । गाउँपालिका अध्यक्ष उदय राई, प्रमुख प्रशासकिय अधिकृत महेश राई, प्रवक्ता गिरिराज खनालले माइपोखरी क्षेत्रको समस्या र पर्यटक आर्कषणका लागी आवश्यक पुर्वाधार निर्माणमा सहयोग गर्न मन्त्री कुसियतलाई आग्रह गरेका थिए ।
डिभिजन वन कार्यालय इलामका प्रमुख मेघराज राईका अनुसार मन्त्रीसँग माईपोखरीको तयारी हुँदै गरेको गुरुयोजनाका बारेमा छलफल भएको छ । आइतबार साँझ इलाम आइपुगेका मन्त्री कुसियत माईपोखरी भ्रमण गरि त्यस क्षेत्रको अवलोकन गरेका थिए ।

Leave a Reply

Your email address will not be published.