कोरोनाको अति उच्च जोखिममा नेपाल : विश्व स्वास्थ्य संगठन

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली पर्यटन प्रदेश नं. १ स्वास्थ्य/शिक्षा

काठमाडौ :
विश्व स्वास्थ्य संगठन ९डव्लुएचओ० ले नेपाललाई कोरोना भाइरस ९कोभिड–१९० को अति उच्च जोखिम भएको मुलुकको सूचीमा राखेको छ । डव्लुएचओको मुख्यालयमा विहीबार बसेको साप्ताहिक ब्रिफिङपछि नेपाल कोरोना भाइरसको अति उच्च जोखिमको सूचीमा परेको ह

डव्लुएचओले नेपालसहित दक्षिण एसियाका भारत श्रीलंका, पाकिस्तान र अगगानिस्तानलाई समेत कोरोना भाइरसको अति उच्च जोखिम भएको देशको सूचीमा राखेको छ । यसबाहेक अफ्रिकी केही देशहरु पनि सो सूचीमा परेका छन् । डव्लुएचओले यसअघि चीनलाई मात्रै अति उच्च जोखिममा राखेको थियो ।

नेपालमा एकजना बाहेक कसैलाई कोरोना भाइरस संक्रमण देखिएको छैन । तर विश्वका विभिन्न देशमा फैलँदोक्रममा रहेको यो भाइरस यदि नेपाल छिर्यो भने त्यसले भयावह अवस्था निम्त्याउन सक्ने भन्दै डव्लुएचओले अति उच्च जोखिमको सूचीमा राखेको छ ।

डव्लुएचओले अति उच्च जोखिममा राखेको जानकारी पाए लगत्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक पूर्व तयारीलाई थप तिब्रता दिइएको बताएको छ । उसले स्वास्थ्य विभागसँग समन्वय गरी तयारीलाई तिब्रता दिएको जानकारी दिएको हो । विभागले देशव्यापी रुपमा कोरोना विरुद्धको अभियानमा लाग्न भन्दै अबको १५ दिन अरु कार्यक्रममा नलाग्ने र नगर्ने घोषणा गरिसकेको छ । स्वास्थ्य विभागले आम सर्वसाधारणलाई आत्तिई हाल्नुपर्ने अवस्था नभएपनि सतर्कतामा रहन आग्रह गरेको छ ।जनबोली अनलाईनबाट

Leave a Reply

Your email address will not be published.