इलाम नगर क्षेत्रमा सभा सम्मेलन र सांस्कृतिक कार्यक्रम गर्न रोक

इलाम नगर क्षेत्रमा सभा सम्मेलन र सांस्कृतिक कार्यक्रम गर्न रोक


कोरोनाबाट बच्न सामुहिक प्रतिबद्धता

इलामः
बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरसबाट बच्न इलाममा सचेतना अपनाउन थालिएको छ । जिल्लाका सुरक्ष निकाय राजनीतिक दल तथा सरोकारवालाले सामुहिक रुपमा कोरोना बिरुद्ध लाग्ने प्रतिबद्धता समेत जनाएका हुँन ।
त्रासका कारण इलाम नगर क्षेत्रमा सभा सम्मेलन तथा सांस्कृतिक कार्यक्रम गर्न रोक लगाईएको छ ।कोरोना भाइरसको संक्रमण र सन्त्रासबाट सजग रहनका लागि इलाम नगरपालिका नगर कार्यपालिकाको बैठकले नगर क्षेत्रमा कुनै सभा सम्मेलन तथा सांस्कृतिक कार्यक्रम गर्न रोक लगाउने निर्णय गरेको हो । सार्वजनिक सूचना जारी गर्दै नगरले यस्ता कार्यक्रम गर्न रोक लगाएको जनाएको छ । नगरले फाल्गुन ५ गते भित्रमा परीक्षा सकेका बिद्यालयमा बिदा गर्ने निर्णय गरेको छ ।
नगरपालिकाले आज कोरोनाबाट सजग रहन जिल्लाका सरोकारवाला संग छलफल गरेको छ । नगरले प्रत्येक वडा तथा टोलमा सचेतना कार्यक्रम, घरदैलो कार्यक्रमको आयोजना गर्ने निर्णयको विषयमा आज विभिन्न संघसंस्था तथा राजनैतिक दलका प्रतिनिधि छलफल गरी नगरको उक्त अभियानलाई सफल पार्न जिल्ला स्तरीय अभियानको रूपमा लाने निर्णय गरेको छ । आजै कोरोना भाईरसबाट सजग रहने बिषयमा जिल्ला प्रशासन कार्यालय इलाममा समेत छलफल भएको छ । छलफलले जिल्ला भरी उक्त भाईरसबाट बच्न अभियान संचालन गरिने जनाईएको छ ।

जिल्ला प्रशासन कार्यालयमा भएको बैठकका निर्णयहरु