होलीको रंगले रंगीएन इलाम, पहाडी जिल्ला सुनसान

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली प्रदेश नं. १ रोचक स्वास्थ्य/शिक्षा

मिलन निरौला, इलाम :


होली अर्थात फागु पूर्णीमाको दिन आज इलाम लगायतका पूर्वी पहाडी जिल्ला सुनसा नबनेका छन् । सरकारले बिश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण जोखीम बढ्ने भन्दै सार्वजनिक स्थलमा भिड् जम्मा हुँने कार्यक्रम गर्ने जस्ता कुरामा रोक लगाए पछि होलीको इलाम , पाँचथर , ताप्लेजुङ लगायतका पहाडी जिल्ला शुनसान बनेका हुँन् ।
पहिले पहिले तराईबाट कामका लागि आएर इलाममा बिभिन्न पेशा ब्यवसाय गर्नेले बनाउने गरेको होली पर्व पहाडी जिल्लामा एक दशक देखि सामाजिक सद्भावको रुपमा मनाईदै आएको छ । इलाम पाँचथर लगायतका पूर्वी पहाडी जिल्लामा सबै समुदायले सांस्कृतिक उत्सवका रुपमा मनाउदै आएको भए पनि यस पटक कोरोनाका कारण होली नमनाईदा बजार पनि सुनसा बनेका हुन । जिल्ला प्रशासन कार्यालय इलामले केहि दिन अघि नै सार्वजनिक सूचना जारी गर्दै भिड जम्मा हुँने कार्यक्रम नर्गन भनेको छ । होली मनाउन नपाउदा खल्लो महसुस भए पनि स्वास्थ्य प्रतिको सचेतना भएकाले अनौठो नलागेको इलामका पत्रकार सुदिप श्रेष्ठले बताउनु भयो । इलाम फिक्कल , पशुपतिनगर , मंगलबारे जस्ता बजार र कन्याम अन्तु पानीटार जस्ता पर्यटकीय गन्तब्य आज सुनसान छन् । बिगतका बर्षमा भिडभाड हुने यी क्षेत्र सुनसान रहेको पर्यटन ब्यवसायी बताउछन । पहाडी जिल्लामा आज स्थानीय प्रशासनले सुरक्षा ब्यवस्था समेत कडा पारेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published.