नेपाल कोरोनाको उच्च जोखिममा !

  • 7
    Shares
नेपाल कोरोनाको उच्च जोखिममा !

चीनको वुहानमा पहिलो पटक देखिएको नोवेल कोरोना भाइरस (कोभिड-१९) को त्रास विश्‍व भरिनै फैलिरहेको छ। विश्‍व स्वास्थ्य संगठनको पछिल्लो सूचना अनुसार हरेक दिन ज्यान गुमाउने र नँया संक्रमित हुने व्यक्तिको संख्यामा बृद्धि भइरहेको छ। संगठनको तथ्यांक अनुसार संक्रमितको संख्या १ लाख पचास हजार भन्दा धेरै भएका छन् भने हालसम्म यसै भाइरसको कारण मृत्यु हुनको संख्या ६ हजार भन्दा धेरै रहेका छ।

हाल युरोप अमेरिका लगायतका १२७ देशमा यस भाइरसको संक्रमण देखिएको छ। पछिल्लो समय चीनमा संक्रमणको संख्यामा केही सुस्ताएको देखिए पनि दक्षिण कोरिया, इरान, इटाली र अमेरिकामा यसको संक्रमण तिव्र गतिमा बढिरहेको छ। विश्‍व स्वास्थ्य संगठनले आपतकालिन अवस्था घोषणा गर्दै हरेक दिन प्रेश कन्फ्रेनस मार्फत उच्च सर्तकता अपनाउन अनुरोध गर्दै आएको छ। संगठनले स्वास्थ्य प्रणाली कमजोर व्यवस्थापन भएका नेपाल लगायत दक्षिण एसियाली र अफ्रिकी देशहरुलाई प्रभावकारी पूर्वतयारी गर्न सचेत गराइरहेको छ।

नोवल कोरोना भाइरसः
कोरोना भाइरस साधारणतय घरपालुवा तथा जंगली जनावरहरुमा पाइन्छ। जनवारमा पाइने कोरोना भाइरसले सजिलै मानिसलाई संक्रमण गर्दैन तर जनावर र मानिसको प्रत्यक्ष सम्पर्कले उक्त भाइरसमा अणुवंशिक परिवर्तन भइ विल्कुल नँया भाइरसको विकास भयो। जुन भाइरसलाई नोवल कोरोना भाइरस भनियो। उक्त भाइरसले मानिसलाई संङ्क्रमित गर्ने र मानिसहरु बिच सर्न सक्ने क्षमता राख्दछ।

कोरोना भाइरस कसरी सर्छरु
अनुसन्धानकर्ताहरुको पछिल्लो प्रतिवेदन अनुसार यो भाइरस सामान्यतय दुई तरिकाबाट संङ्क्रमित मानिसबाट स्वास्थ मानिसमा सर्न सक्दछ।

एक कोरोना भाइरस संङ्क्रमित व्यक्तिले खोक्दा, छिउँ गर्दा, भाइरसहरु हावाको माध्यमबाट बाहिर आउँछ र हावाकै माध्यमबाट करिव ३ फिटको वरिपरि रहेको स्वास्थ मानिसमा सर्दछ। तर संक्रमण हुन सक्ने दुरी, समय, त्यस स्थानको तापक्रम र आद्रताले फरक पर्न सक्दछ।

दोस्रो संङ्क्रमित व्यक्तिबाट भाइरसहरु कुनै वस्तुहरु जस्तैस् मोवाइल, पैसा, टेवल, कुर्सि आदिमा सर्छ र स्वास्थ व्यक्तिले ती वस्तुहरुलाई हातले छोएपछि साबुन पानीले हात सफा नगरी मुख, नाक, आखाँमा चलाउँदा पनि भाइरस सर्न सक्दछ।

वैज्ञानिकहरुले अनुसन्धानबाट के रहस्य खोलेका छन् भने संङ्क्रमित व्यक्तिमा रहेको भाइरस उक्त व्यक्तिलाई कुनै साधारण लक्षण देखिनु भन्दा अगाडि देखी अर्को व्यक्तिलाई भाइरस सार्न थाली सकेको हुन्छ। जुन सबैभन्दा खतरापूर्ण हुन्छ। सामान्यता ज्वरो आउने, स्वासप्रस्वासमा अत्याधिक समस्या, रुघाखोकी लाग्नु, टाउको तथा जिउ दुख्‍नु आदि यस संक्रमणको लक्षण हुन्।

नेपालको अवस्था र जोखिम न्यूनिकरणको लागी अपनाउनु पर्ने उपायहरु
चीन नेपालको सिमाना जोडिएको छिमेकी राष्‍ट्र हो । वुहानमा देखिएको नेबोल कोरोना भाइरस चीनको सबै प्रान्तको साथै विश्‍वको थप १२७ देशमा देखिएको छ। जसको कारणले मानविय क्षति, सामाजिक विभेद तथा आर्थिक विनासको साक्षी बनेको छ। भाइरसको भौगोलिक सिमाना भन्दैन, गरीब धनी पनि छुट्टाउदैंन तर कुनै पनि देशको स्वास्थ्य प्रणालिको कुसल व्यवस्थापन, पूर्ण पुर्व तयारी, प्रभावकारी बहुआयामिक समन्यव तथा सजक जनता रहेको अवस्थामा मानविय, सामाजिक तथा आर्थिक क्षतिलाई धेरै हदसम्म न्यूनिकरण गर्न सकिन्छ।

केहि समय अगाडी विश्‍व स्वास्थ्य संगठनले नेपाललाई उच्च जोखिममा भएको राष्‍ट्र भनि सर्तकता तथा पुर्व तयारी गर्न सुझाव दिएको थियो। हो साच्चिकै नेपाल विश्‍व स्वास्थ्य संगठनले भनेको जस्तै उच्च जोखिममा छ किनकी स्

१। तापक्रम
कोरोना भाइरसलाई चिसो तापक्रम मनपर्छ जुन तापक्रम काठमाडौं आसपासमा छ। यसो भन्नुको मतलव तराई तथा गर्मी ठाँउमा संक्रमण गर्दैन भनेर बुझ्न मिल्दैन। थाइल्याण्ड लगायतका मध्य पूर्व एसियाका देशहरुमा पनि यो भाइरसको संक्रमण देखिएको छ।

२। सहरीकरण वा व्यवस्थापन
करिव तिस लाख जनसंख्याले बसोवास गर्ने काठमाडौंको सहरी व्यवस्थापन त झनै नाजुक छ। मानिसहरुको बाग्लो उपस्थिति, बजार, पार्क र सार्वजनिक बसहरुमा भिडभाड, दैनिक हजारौ मानिस भित्रिने र त्यत्तिकैको हाराहारीमा बाहिरिने अन्तर्राष्‍ट्रिय विमानस्थलबाट आइपुग्ने स्थान, पर्यटनको पहिलो रोजाई आदी कारणले गर्दा कोरोना भाइसरको संक्रमण विस्तारको दृष्‍ट्रिकोणबाट हेर्दा काठमाडौं सहर जोखिममा रहेको देखिन्छ।

सहरी व्यवस्थापन रातारात परिवर्तन गर्न त असम्भव छ तर सहि सूचनाले मानिसहरुलाई सु(सुचित गरी मानिसहरुमा कोरोनाको डर र भ्रमलाई चिर्दै पुर्व तयारीमा जुटाउनु पर्छ । संक्रमित देशबाट आउने स्वदेशी तथा विदेशी यात्रुहरुलाई सधन जाँच गरेर पर्याप्त जानकारी दिई निगरानीमा राखौं ताकी आफैं पुर्व तयारीमा लाग्नु पर्दछ। सजग र सतर्क जनताबाट नै अव्यवस्थित सहरिकरणमा महामारीको व्यवस्थापन गर्न सकिन्छ।

३। हाम्रा चाडपर्वहरु
हाम्रो जन्मदेखी मृत्यु संस्कार सम्मका सामाजिक कार्यहरुमा धेरै मानिसहरुको जमघट हुन्छ। यस्ता जमघटमा संभावित व्यक्तिबाट एकै चोटी धेरैलाई भाइरस सर्न सक्छ त्यसैले छिटो छरितो तरिकाले चाडपर्व मनाउन सकिन्छ भने यस्ता जमघट गर्नुपर्ने चाडवाडलाई स्थगित गरौं। यदी मनाउनै पर्ने भए सावधानीका उपायहरु अवलम्वन गरि मनाउनु राम्रो हुन्छ।

४। स्वास्थ्य प्रणाली
विश्‍वमा उच्च स्वास्थ्य प्रणाली भएका देशहरुमा जस्तै इटाली र दक्षिण कोरियामा कोरोना भाइरसको दरमा वृद्धि भइरहेको छ। उच्च स्रोत साधान, यथेष्‍ट चिकित्सक र शिक्षित जनता हुँदा पनि उच्चतम सर्तकता देखाएका छन्। तर कमजोर स्वास्थ्य प्रणाली भएको नेपालमा किन यति धेरै कमजोर सर्तकता तथा पूर्व तयारी गरिदैंछ। हामीसँग यथेष्‍ट आधुनिक प्रविधि, उपकरणहरु, चिकित्सक तथा जनस्वास्थ्य प्राविधिकहरु छैनन।

सरकारले विपतसँग लड्नका लागी प्राविधिक मानविय स्रोत साधनलाई मानसिक, आर्थिक, सामाजिक रुपमा पुर्व तयारी गराउनु पर्दछ। त्यसैगरी स्वास्थ्य संस्थाहरुमा उपचार स्थान, प्रणाली र पद्धतिको अन्तराष्‍ट्रिय मापदण्ड अनुसार पुर्वतयारीमा लाग्न ढिला भै सकेको छ। विपतसँग लड्नको लागी शिक्षण संस्था, निजी क्षेत्र, सार्वजनिक क्षेत्र, स्वास्थ्य तथा गैर स्वास्थ्य क्षेत्र विचको बहुआयमिक समन्वयको सृजना गरि विपत विरुद्ध एकजुट हुनुको विकल्प छैन।

५। स्वजागरण र सतर्कता
आज भोलि विभिन्न विद्युतिय माध्यमहरुमा कोरोना भाइरस सम्बन्धी अतिरञ्‍जित डर, भय उत्पन्न गराउने समाचारहरु देखिन्छ। तसर्थ प्रयोगकर्ताले विश्‍वसनिय र आधिकारिक सूचना तथा जानकारीहरु लिनु पर्दछ। पछिल्ला विभिन्न अनुसन्धान अनुसार ६० वर्षभन्दा बढी र अन्य दिर्घरोग तथा स्वास प्रस्वास सम्बन्धी समस्या भएका मानिसहरु यसको उच्च जोखिममा रहेका छन्। अर्थात जति उमेर कम त्यति नै मृत्युको संभावना पनि घटेर जान्छ। हामी विश्‍वसनिय स्रोतको सूचनालाई जानकारीमा राख्ने र व्यवहारिक बानिलाई दैनिक प्रयोगमा ल्याउने र प्रत्येक व्यक्तिले आफैं सावधानी अपनायको खण्डमा करिव ७० प्रतिशत संभावनाको जोखिम न्यूनीकरण गर्न सकिने विभिन्न अनुसन्धानको निष्‍कर्ष छ।

प्रकाशित विभिन्न तथ्यांकहरुको विश्लेषण गर्दा यस भाइरसको संक्रमण जुनसुकै वेला जहाँ पनि हुन सक्ने देखिएको छ यस भाइरसको फैलावट र नतिजा वैज्ञानिकहरुले अनुभव गरेको भन्दा फरक देखिएको छ।

बलियो स्वास्थ्य प्रणाली तथा अर्थतन्त्र भएका मुलुकमा कोरोना निराकरणको लागी ठुलै मेहनत गर्नु परेको छ भने हाम्रो जस्तो गरिब राष्‍ट्रमा कोरोना फैलियो भने नसोचेको मानविय तथा आर्थिक क्षति वेहोर्नु पर्दछ। त्यसैले सरकार कोरोना रोकथाम समिति गठन गरेर मात्र पुग्दैन। बहुआयामिक समन्वयको माध्यमबाट नागरिक, निजि क्षेत्र, गैर सरकारी क्षेत्र तथा सरकार सबै मिलेर उपलब्ध स्रोत साधनको व्यवस्थापन गरी अघि बढेको खण्डमा संक्रमणबाट हुने क्षतिलाई न्युनिकरण गर्न सकिन्छ। हाम्राकुराबाट

-पाण्डे स्वास्थ्य बिषयमा विद्यावारिधी गर्दैछन् ।