इलामको लक्ष्मीपुरकी आकृतीका हत्यारा सार्वजनिक, बलत्कार पछि हत्या भएको पुष्टी

Breaking News Hot News Mukya Samachar Special News Trending अपराध घुमफीर जीवन शैली प्रदेश नं. १

इलाम :इलाम सूर्योदय नगरपालिकाकी १७ वर्षिय आकृती राईको हत्यारालाई पक्राउ गरिएको छ । राईको हत्या गर्ने छिमेकी रोशन राईलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय इलाममा आज पत्रकार सम्मेलन गर्दै हत्यारा सार्वजनिक गरिएको छ ।
गत मंगलबार कक्षा ११ को जाँच लेख्न बिद्यालय हिँडेकी आकृतीलाई बलत्कार गरेर जंगलमा लगी हत्या गरेको रोशनले बयान गरेको इलामका प्रहरी प्रमुख हिरा बहादुर पाण्डेले जानकारी दिनुभयो ।
आकृतीको हत्या गरेर माटोमा गाडेको अवस्थामा बुधबार शब फेला परेको थियो । सूर्योदय नगरपालिका १३ स्थित पोखरी (किरात टोल) का पुर्ण बहादुर राईकी छोरी आकृती स्थानिय ज्योती मावि कक्षा ११ मा अध्यनरत बताइएको छ ।
युवती मंगलबार बिहान घरबाट परिक्षा लेख्न भनी हिँडेको तर बिद्यालय नपुगेपछि खोजतलास सुरु गरिएको थियो । बुधबार दिउशो अम्लीसो बारीमा शब फेला परेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । बुधबार प्रहरीले घटनाको मुचुल्का उठाएर शब निकालेको थियो ।

शबलाई थप परिक्षणका लागि बिपि स्वास्थ्य प्रतिष्ठान धोपा धरान पठाइएको छ । प्रहरी सामु रोशनले बलत्कार गरेको घटना सार्वजनिक गर्छु भनेपछि आकृतीलाई हत्या गरेको खुलाएका छन् । ढुंगाले टाउकोमा प्रहार गरेर हत्या गरेको र आफ्नै गाइ बाध्ने गोठ नजिकै रहेको अम्लिसो बारीमा गरेर खाल्डो खनेर गाडेको रोशनको बयान उदृत गर्दै प्रहरी प्रमुख पाण्डेले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published.