प्रदेश १ मा नेपाली सेनाको टोलीद्धारा ४४० बेडको क्वारेन्टाइन निर्माण

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ प्रमोसन स्वास्थ्य/शिक्षा

टाँडीमा , झापामा र उदयपुरमा क्वारेन्टाइन

विराटनगर : प्रदेश १ सरकारको निर्णय अनुसार कोरोना भाइरसको संक्रमण भएको शंका लागेकाहरुलाई राख्न मोरङको मिक्लाजुङमा २०० बेडको क्वारेन्टाइन बनाएको छ ।

नेपाली सेनाको टोलीले बु्धबारबाट सुरु गरी बिहीबार क्वारेन्टाइन निर्माण गरेको हो । टाँडीस्थित नेपाली सेनाको सुर्यदल गणको परिसरभित्र करिव ४ विघा क्षेत्रफलमा यो क्वारेन्टाइनस्थल निर्माण भएको हो ।

संक्रमण हुन नदिनको लागि न्युनतम स्वास्थ्य मापदण्ड कायम गर्नेगरी निर्माण गरिएको क्वारेन्टाईनमा प्रत्येक पालभित्र २÷२ जना अट्ने वेड राखिएको छ । यस्तै पालको दुरी ५ मिटरको फरकमा रहेको छ । २५ ट्वाईलेट÷वाथरुमसमेत रहेको क्वारेन्टाईनसँगै झापाको कल्वलगढी भद्रपुरस्थित ग्रामिण कृषि परिक्षण तालिम केन्द्रमा ४० वेड र उदयपुरको बेलस्रोतमा २०० वेडको क्वारेन्टाईन निर्माण गरिएको नेपाली सेनाको नं। २ बाहिनी अड्डाका वाहिनीपति सहायक रथी यमप्रसाद ढकालले जानकारी दिनुभयो ।

सेनाको पूर्वी पृतना हेडक्वार्टरका सेनानी नारायण सुवेदीका क्वारेन्टाइनमा मोवाइल चार्ज, वत्ती, पंखालगायतका आवश्यक सामाग्री पनि राखिएको छ । त्यसमा खानेपानी पनि सबैका लागि अलग–अलग व्यवस्था छ ।

नेपाली सेनाले तयार पारेको चिकित्सकको टोली कोरोना आशंका गरिएका संक्रमितको स्वास्थ्य परीक्षण र उपचारमा परिचालन हुने पूर्वी पृतना सैनिक अस्पतालकी सेनानी डा। सरिता केसीले जानकारी दिनुभयो । क्वारेन्टाइन स्थलमा खटिने दक्ष चिकित्सकको लागि प्रदेश सरकारसँग समन्यव गरिने सेनाले जनाएको छ । क्वारेन्टाइनस्थलमा परिचालन हुन आवश्यक पर्ने उपकरण साथै चिकित्सकहरुको लागि चाहिले आवश्यक बस्तु प्रदेश सरकाले तत्काल प्रदान गर्ने सेनाको भनाइ छ ।

प्रदेश सरकारको गत फागुन २९ गते मन्त्रिपरिषद बैठकबाट पारित कोरोना भाइरसको संक्रमण विरुद्धको कार्ययोजनामा मिक्लाजुङ र सुनसरीको श्रीलंका टापुमा क्वारेन्टाइन बनाउने निर्णय गरेको थियो ।

सरकारको निर्णय अनुसार नेपाली सेनाले पहिलो चरणमा मिक्लाजुङ ५ टाँडी स्थित यसअघि जनमुक्ति सेनाको क्याम्प रहेको स्थानमा २ सय बेडको अस्थायी क्वारेन्टाइन निर्माण गरेको हो । सेनाले १०० वटा टेन्ट राखेर २ सय बेडको क्वारेन्टाइन बनाएको जनाएको छ ।

नेपाली सेना पूर्वी पृतना इटहरीका अनुसार तत्कालको लागि २ सय बेड रहने बनाएको र आवश्यकता अनुसार थप गरिनेछ । डब्लुएचओको मापदण्ड अनुसार क्वारेन्टाइनस्थल बनाएको जानकारी दिँदै सेनाले त्यसमा प्राबिधिक र अन्य जनशक्ति व्यवस्थापन प्रदेश सरकारले गर्ने जनाएको छ ।

प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता कमल थापाले सरकारको निर्णय अनुसार क्वारेन्टाइन निर्माण भएको जानकारी दिनुभयो । क्वारेन्टाइनमा अब औषधि, अन्य प्राबिधिक सामान र स्वास्थ्यकर्मी खटाउन भने बाँकी रहेको छ ।

प्रदेश सरकारले संक्रमणको सूचना तत्काल प्राप्त गर्नेदेखि परीक्षण गर्ने, क्वारेन्टाइनमा राख्ने, आइसोलेसनमा राख्ने र औषधोपचार गर्नेसम्मका सबै र व्यवस्थापनको योजना तयार पारेको थियो । प्रदेश सरकारको टाँडीमा एक हजार र श्रीलंका टापुमा एक हजार क्षमताको क्वारेन्टाइन बनाउने निर्णय गरेको थियो ।हाम्रो मतबाट

Leave a Reply

Your email address will not be published.