मेची राजमार्ग क्षेत्रको सडक स्तरोन्नती हुँदै

Breaking News Hot News Mukya Samachar Special News घुमफीर जीवन शैली पर्यटन प्रदेश नं. १ प्रमोसन

पशुपतिनगर(इलाम):ब्यस्त बन्दै गएको मेची राजमार्ग क्षेत्रमा जोखिम बढ्दै गए पछि सडक स्तर उन्नतीको काम थालिएको छ । सडक भत्कीएको , दबिएको पहिरोको जोखिममा परेका क्षेत्रको स्तर उन्नतीको काम थालिएको हो ।
इलाम जिल्लाका बिभिन्न स्थान र छिमेकी पाँचथर जिल्लामा पर्ने सडक क्षेत्रमा वर्षादमा पहिरोका कारण भत्कीएको मेचीराजमार्ग मर्मत थालिए संगै उक्त क्षेत्रमा हुँदै आएको दुर्घटना समेत न्युनिकरण हुँने जनाईएको छ ।
पहिरो झरेको क्षेत्रमा सडकलाई चौडा पार्दै मजवुत वनाउने काम सुरु गरिएको छ । बिभिन्न स्थानमा भत्कीएको र पहिरोका कारण जोखिममा रहेको सडक मर्मत गर्न थालिएको डिभिजन सडक कार्यालयले जानकारी दिएको छ । डिभिजन सडक कार्यालयले इलामको नेपालटार–पौवा सडकखण्ड अन्तर्गत पाङ्ग्रेभिरमा काम भइरहेको जनाएको छ । उक्त क्षेत्रमा २ करोड १० लाख रुपिया“को लागतमा सडकको स्तरउन्नतीको काम हुने कार्यालयले जनाएको छ ।
दवेको भागलाई पुरानै अवस्थामा ल्याउँदै सडक चौडा बढाउने र पहिरो झरेको क्षेत्रलाई स्लोभ वनाउन ब्रेस्टवाल लगाउने काम हुने कार्यालयका सूचना अधिकारी मिलन श्रेठले जानकारी दिनु भयो ।
गत वर्खामा पहिरोले १ सय मिटर क्षेत्र सडक क्षतिग्रस्त वनाएको थियो । सडक क्षतिग्रस्त हु“दा इलाम , पा“चथर र ताप्लेजुङका बासिन्दालाई उपभोग्य सामग्री लैजानस“गै त्यहा“को उत्पादन विक्री गर्न र आवातजावतमा समस्या भएको थियो ।
यस पटक कार्यालयले स्थाई रुपमा समस्या समाधान गर्ने गरी काम गरिरहेको जनाएको छ। अहिले सवारीका साधनलाई निश्चित समय रोकेर काम अघि वढाइएको छ । यो स“गै कार्यालयलले मेची राजमार्गका विभिन्न क्षेत्रमा स्तरउन्नतीको कामलाई प्राथमिकता दिएको छ । सडकले मेची राजमार्गको झापादेखि ताप्लेजुङ सम्म र अन्य गरि ६ वटा सेक्सनमा काम अघि बढाएको हो । मेची राजमार्ग अन्तर्गत किटेनी–कन्याम, कावेली–सुकेटार, माइखोला–पुवाखोला खण्डमा स्तरउन्नतीको काम गरिरहेको छ ।
सा“घुरो सडक रहेको ठाउ“मा बढाउनेस“गै मजवुत वनाउने काम भइरहेको सूचना अधिकारी श्रेष्ठको भनाई छ । उहाले भन्नु भयो‘ सधै बर्षा याममा समस्या हुँने भएकाले यस पटक हिउदमै समस्या हल गर्न खोजेका हौ ।’ यस पटक नसकिएका बाँकी काम अर्को वर्ष समेत गर्ने योजना कार्यालयको छ ।
यसअघि इलाम नगरपालिकाको राजदुवाली क्षेत्रमा करोडौँ रुपियाँ खर्च गरेर सडक भास्सिने समस्या साधानको प्रयास गरेको थियो । तर ,अझै पनि उक्त क्षेत्रमा पुरानो समस्या समाधान भएको छैन् ।
सडक भास्सिने, पहिरो खस्ने जस्ता कारणले मेची राजमार्गको धेरै स्थान जोखिममा रहेको छ । कार्यालय अन्तर्गत नै विव्ल्या“टे–माइपोखरी र फिक्कल–अन्तु सडक खण्डमा पनि मर्मतको काम भैरहेको छ । ६ वटा योजना संचालन भैरहेको र उक्त योजनामा ३० करोड हाराहारीको बजेट खर्च हुने कार्यालयको भनाई छ । निकै लामो समय सम्म पनि स्तर उन्नती नहँुदा मेची राजमार्गमा गाडी कुदाउन समस्या पर्ने गरेको यातायत ब्यवसायीको गुनासो छ ।
आपतकालीन र ठूला सवारी साधन सञ्चालन गर्न अझ कठिन हुने गरेको छ । स्तर उन्नतीले केही राहत मिल्ने इलाम नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष होम बस्नेतले बताउनु भयो ।
मेची राजमार्ग क्षेत्र झापाको चारआली देखी ताप्लेजुङको सुकेटारसम्म पर्दछ । घुमाउरो र साँघुरो सडक भएकै कारण पटक पटक दुर्घटना हुने गरेको छ । तराई क्षेत्रबाट सवारी लिएर पहाड आउने साना तथा ठूला सवारी साधनलाई बढी समस्या हुँने गरेको छ । सडकको माथिल्लो क्षेत्रमा रहेको जंगल र अग्ला डिलका कारणले समेत सवारी दुद्र्धटना बढी हुने गरेको छ । गोरखापत्र दैनिकबाट

Leave a Reply

Your email address will not be published.