कोरोनाको त्रासले इलामका पर्यटकीय क्षेत्र सुनसान

  • 1.3K
    Shares
कोरोनाको त्रासले इलामका पर्यटकीय क्षेत्र सुनसान

प्रेम अधिकारी ,पशुपतिनगर(इलाम):

प्रदेश एककै पर्यटकीय नगरी सूर्योदय नगरपालिका पर्यटकीय स्थल यतिबेला सुनसान छन् । पर्यटकले खचाखच हुँने चियाबारी र पर्यटकीय स्थल सुनसान बनेको एक हप्ता बढी भैसक्यो ।
नेपालका बिभिन्न स्थान ,बंगाली पर्यटक र तेस्रो देशका पर्यटक आउने सूर्योदय नगरपालिकाको कन्याम, अन्तु , सन्दकपुर गाउँपालिकाको सन्दकपुर डाँडा सुनसान बन्न थालेका हुन । कोरोना भाइरस (कोभिड–१९) को त्रासका कारण पर्यटकको आवातजावात रोकीए पछि यी क्षेत्र सुनसान भएका हुन ।
पर्यटकीय क्षेत्रहरु कन्याम , श्रीअन्तु, पशुपतिनगर, फिक्कलका साथै सन्दकपुर , पानीटार कुईभीर ढाप पोखरी जस्ता क्षेत्र सुनसान भएको पर्यटन ब्यवसायी बताउछन । भारतीय बाटो भएर आउने पर्यटक शून्य जस्तै भएका छन । बनभोज र भ्रमणमा आएका पर्यटकले भरीभराउ हुँने कन्याम सुनसान भएपछि त्यहा ब्यवसाय गर्ने ब्यवसायीलाई हातमुख जोर्न समस्या पर्न थालेको छ । कन्यामका होटल संचालक टेकराज गिरीले पर्यटक आउन छोडेको एक हप्ता बढी भएको बताउनु भयो ।
कन्याममा १ सय ब्यवसायीक ट्रली(ठेला) संञ्चालनमा रहेपनि पर्यटकको चाप घटेपछि १५÷२० वटा मात्रसंचालनमा रहेको स्थानीय ब्यवसायी गोपाल गिरीले जानकारी दिनु भयो । पर्यटक आउन छोडेपछि ठेला ब्यवसायीलाई नगरपालिकालाई बुझाउनु पर्ने कर तिर्न समेत समस्या पर्न थालेको ब्यवसायीहरु बताउछन । झुल्के घाम हेर्न र सूर्योदयको दृश्यावलोकनका लागि दैनिक हजारौ पर्यटक पुग्ने अन्तु डाँडा पुरै सुनसान भएको स्थानीय होमस्टे ब्यवसायी रुद्र घिमिरेले जानकारी दिनु भयो । उहाले भन्नु भयो‘आकलझुकल एक दुई जना पर्यटक आउछन, अहिले पुरै सुनसान छ अन्तु ।’
भारतसँग सिमा जोडिएको पशुपतिनगर बजारमा चहलपहल सुनसान भएको लामै समय भैसकेको छ । भारतको सिक्किम, दार्जिलिङ, कालिम्पोङ लगायत पश्चिम बङ्गालबाट आएका पर्यटकले खचाखच हुँने पशुपतिनगर बजार अहिले ठप्प जस्तै भएको छ । तेस्रो देशका पर्यटकको ओईरो लाग्ने प्रदेश एककै प्रमुख पर्यटकीय क्षेत्र सन्दकपुर समेत सुनसान भएको छ । पर्यटक जान छोडेपछि होटल ब्यवसायी थप समस्या झेल्न बाध्य भएको बताउछन । कन्यम , अन्तु , फिक्कल बजार , इलाम बजार , सन्दकपुर जस्ता पर्यटकीय क्षेत्रका होटल समेत धरासयी बन्ने अवस्थामा पुगेको होटल ब्यवसायी संघ इलामका अध्यक्ष देबी पौडेलले जानकारी दिनु भयो । गोरखापत्र दैनिकबाट