प्रदेश १ सरकारद्धारा बिराटनगरमा अस्पताल निर्माणको काम सुरु

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली प्रदेश नं. १ प्रमोसन स्वास्थ्य/शिक्षा

विराटनगर : विराटनगरस्थित नेशनल टे«डिङको खाली भवनलाई अस्पताल निर्माण गर्नको लागि काम सुरु भएको छ ।कोरोना भाईरसको बढदै गएको जोखिम र यसको संक्रमणलाई न्युनीकरण गर्न विराटनगरमा ५० शैय्याको अस्पताल बनाउने प्रदेश सरकारको निर्णय अनुसार काम सुरु भएको हो ।

प्रदेश नं. १ मुख्यमन्त्री तथा मन्त्रीपरिषदको शुक्रबार बसेको बैठकले नेशनल टे«डिङको खाली भवनमा ७ दिनभित्र ५० शैय्याको अस्पताल बनाउने निर्णय गरेको थियो । कोरोना संक्रमित बिरामीको उपचारका निम्ति न्युनतम १० बेडको भेन्टिलेटरसहित ५० शैय्याको अस्पताल बनाउने सरकारको तयारी छ ।

एक साताभित्र अस्पताल बनाउने निर्णय भएपछि शनिबार बिहानैदेखि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित करिब १ सय ५० जना काममा खटिएका छन् । शनिबार पहिलो चरणमा भवनको सरसफाई तथा मर्मत सम्भार र विद्युतीकरणको काम भएको प्रदेश सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताउनुभयो ।

अस्पताल सञ्चालनका लागि आवश्यक पर्ने यन्त्र उपकरणहरुको व्यवस्थापनबारे पहल थालिएको मन्त्रालयले जनाएको छ । प्रभावकारी ढङ्गबाट अस्पताल सञ्चालनका लागि अस्पतालमा मापदण्ड अनुसारको बेड, भेन्टिलेटर, अक्सिजन पाईपलाईन र चिकित्सकहरुका लागि पि।पि।ए अर्थात पर्सनल प्रोटेक्टिभ एप्रोनको व्यवस्था हुनुपर्ने कोशी अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट संगिता मिश्राले बताउनुभयो ।अस्पताल सञ्चालनका लागि आवश्यक जनशक्ति भने निजी तथा सरकारी अस्पताल र प्रदेश सरकारको सहयोगमा परिचालन गर्ने तयारी छ ।हाम्रो मतबाट

Leave a Reply

Your email address will not be published.