इलामको साखेजुङमा पोखरीमा डुबेर बालकको मृत्यु

Breaking News Hot News Mukya Samachar Special News Trending अपराध घुमफीर जीवन शैली प्रदेश नं. १

इलाम : इलाम नगरपालिका १ साखेजुङका ३ बर्षिय वालक निनामहाङ राईको माछापोखरीमा डुबेर मृत्यु भएको छ । हिजो साँझ घरमा खेली रहेका बालक अचानक घर छेउको माछा पोखरीमा डुब्दा मृत्यु भएको हो । बालकका बुबा दिपेन राईका अनुसार खेली रहेका बालक पोखरीमा डुबेपछि तत्काल उपचारका लागि इलाम अस्पताल ल्याईएको थियो । वालकको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरीक्षम हेमन्त भण्डारीले जानकारी दिनु भयो । वालकको शवको पोष्टमार्टम गरी परिवारलाई जिम्मा लगाईएको र घटनाका बिषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published.