बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना भाइरसको परीक्षण हुने

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली प्रदेश नं. १ प्रमोसन स्वास्थ्य/शिक्षा

धरान: सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरसको परीक्षण सेवा सुरु हुने भएको छ ।सरकारले कोरोना भाइरस ९कोभिड १९०को परीक्षण दायरालाई बढाउने निर्णय गरेछि काठमाडौं टेकु अस्पतालमा मात्र हुँदै आएको परीक्षण धरानमा पनि हुने भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यका बाहिर काभ्रेको धुलिखेल अस्पताल, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, वीर अस्पताल र बीपीमा तीन दिनभित्र सेवा सुरु गर्ने निर्णय गरको छ । मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाका अनुसार परीक्षण सेवा सञ्चालनको तयारी अगाडि बढिसकेको छ ।

कोरोना भाइरसको आशंका लागेका मानिसहरुको नमुना परीक्षण अहिले टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा मात्र हुँदै आइरहेको छ । हालसम्म प्रयोगशालाले ५ सय ४६ जनाको नमुना परीक्षण गरेको छ ।कोभिड १९ को शंकास्पद व्यक्तिहरुको परीक्षणको लागि नमूना संकलन गर्ने, अन्य प्रयोगशालामा नमुना पठाउँदा पु¥याउनुपर्ने विधिलगायतका विषयमा समन्वय गर्ने प्रयोजनका लागि सबै अस्पतालहरुले प्रयोगशालासँग सम्बन्धित एक जना व्यक्तिहरुलाई फोकन पर्सन तोकिने भएको छ ।

यसैबीच प्रतिष्ठानले विरामीको चापलाई न्युनिकरण गर्ने भएको छ । प्रतिष्ठानमा दैनिक २ हजार ५ सय देखि ३ हजार सम्म विरामीको चाप हुने गरेकोले त्यसलाई न्युनिकरण गरिने भएको हो ।प्रतिष्ठानले शुक्रबार दिउँसोदेखि बिशेषज्ञसहितको २ वटा हेल्पलाइन सेवा सञ्चालनमा ल्याएको छ । अब स्वास्थ्यमा कुनै समस्या भए सर्वसाधारणहरुले त्यही हेल्पलाइनमा फोन गरेर विशेषज्ञ चिकित्सकबाट आवश्यक परामर्श लिन सक्नेछन् । प्रतिष्ठानका अनुसार हटलाइन नम्बर ९८०२७९५२५२ र ९८०२७९५३४९ रहेको छ । कुनै सामान्य रोग देखिएकाले फोनबाटै परामर्श लिन सक्नेछन् ।

प्रतिष्ठानमा विरामीका चापका कारण उपचारमा आएका विरामी, विरामीका आफन्त तथा चिकित्सक नै जोखिममा पर्ने भएकोले चापलाई न्यूनिकरण गर्न लागिएको हो । प्रतिष्ठानका अस्पताल सहायक निर्देशक डा।विकास साहले केही समस्या भए घरबाट नै स्वास्थ्य सेवा, सल्लाह लिन सकोस, र संक्रमणको जोखिम कम होस् भनेर यो सेवा ल्याइएको बताउनुभयो ।

चिकित्सकहरुले गम्भीर प्रकृतिका विरामीबाहेक साधारण विरामी भएकाहरुले सकेसम्म अस्पताल नआउन र घरबाटै सेवा लिन समेत आग्रह गरेका छन् । विरामीको समस्या सुनेर घरबाटै फोनमार्फत औषधि लगायतका कुराहरु भनिदिने, विरामीले औषधि प्रयोग गर्दा पालना गर्नुपर्ने सम्पूर्ण कुरा सिकाइने भएकोले सकेसम्म अस्पतालमा भीडभाड नगरिदिन सर्वसाधारणलाई आग्रह गर्नुभएको छ ।

बीपीमा १० वटा आईसोलेसन बेड तयारी अवस्थामा राखिएकोमा सोमबार देखि २ वटा आईसियु सहितको २० वटा बेड सञ्चालन हुनेछ । प्रतिष्ठानका सहायक अस्पताल निर्देशक डा।विकास शाहले कोरोना परीक्षणका लागि ल्याब सञ्चालनका लागि तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । हाम्रो मतबाट

Leave a Reply

Your email address will not be published.