सूर्योदयको फिक्लमा हेल्थ डेक्स स्थापना , स्थानीय हाटबजार बन्द गर्न माग

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली प्रदेश नं. १ प्रमोसन स्वास्थ्य/शिक्षा

कोरोना बिरुद्धको अभियामा सूर्योदयका युवा

फिक्कल:

सूर्योदय नगरपालिकाको फिक्कलमा हेल्प डेक्स संचालनमा ल्याईएको छ । नेपाल रेडक्रस सोसाईटी सूर्योदय नगरपालिकाको प्राविधिक सहयोग स्थानीय युवाको पहलमा फिक्कल बजारमा हेल्प डेक्स संचालनमा ल्याईएको हो ।
कोरोना भाईरसको संक्रमण बढ्दै जादा बिभिन्न सिलसिलामा देश भित्र र बाहिरबाट नेपालीहरु जिल्ला फर्कन थाले पछि जोखीम कम गर्न हेल्प डेक्स स्थापना गरिएको स्थानीय युवा ब्यवसायी युवराज प्रधानले जानकारी दिनु भयो ।
डेक्समा यात्रु , पर्यटक , सवारी चालक , स्थानीयको ज्वरोको तापक्रम थर्मल गनबाट मापन गरीने रेडक्रस सूर्योदयका संयोजक सुजन नेपालले जानकारी दिनु भयो ।
उक्त डेक्स मार्फत जनचेतनामुलक सामग्री प्रवाह गरिने छ भने स्यानेटाइजरको निशुल्क प्रयोग गर्ने ब्यवस्था मिलाईएको छ । स्थानीय स्वास्थ्यकर्मी , रेडक्रसकर्मी र बिद्यार्थीले हेल्प डेक्समा बसी सेवा दिने छन । डेक्समा हात धुने बानी बसाल्ने अभियान समेत संचालनमा ल्याईने छ ।
यस अघि नैे पशुपतिनगरमा सूर्योदय नगरपाकिाले हेल्प डेक्स संचालन गर्दै आएको छ । यस अघि सूर्योदय नगरपालिका फिक्कल टोलका युवाले नगरपालिकामा हेल्प डेक्स स्थापना गर्न माग गर्दै ज्ञापन पत्र बुझाएका थिए ।
फिक्कल टोल चोकका अध्यक्ष रोषन श्रेष्ठको अध्यक्षतामा बिभिन्न संघ संस्थाका प्रतिनिधि सहितको बैठक बसी स्थानीय हाटबजार संचालन गर्न माग गरेका थिए । उनीहरुले नगरपालिकामा ज्ञापन पत्र बुझाउदै कोरोनाको महामारी फैलदै जादा नगरमा आईसोलोसन वार्ड संचालन गर्न माग गरेका छन । सोहि भेलाले रोषन श्रेष्ठको अध्यक्षतामा गठन गरिएको समितिले हेल्प डेक्स संचालन गर्ने निर्णय गरिएको छ ।

Leave a Reply

Your email address will not be published.