झापामा कतारबाट आएका दुईसहित २१ जना क्वारेन्टाइनमा

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली प्रदेश नं. १ स्वास्थ्य/शिक्षा

काठमाडौं : कारोना संक्रमण आशंकामा झापामा एक जनालाई आइसोलेसनमा राखिएको छ ।भद्रपुर नगरपालिकाका ती व्यक्तिको मेची अञ्चल अस्पतालको क्वारेन्टाइनमा राखिएका हुन् ।

जिल्ला स्वास्थ्य कार्यालय, झापाका जीवन चौंलागाइँका अनुसार जिल्लामा जम्मा २६ जना क्वारेन्टाइनमा राखिएका छन् ।तीमध्ये मेचीनगर नगरपालिका मात्र २१ जना छन् । यो नगर नेपाल–भारत सीमा क्षेत्रमा पर्छ । जिल्ला भर ७७ जना होम क्वारेन्टाइनमा छन् भने ३ सय २१ वटा क्वारेन्टाइन बेड छन् ।

यसैबीच, जिल्ला प्रहरी कार्यालय, झापाले विगत १५ दिनदेखि विभिन्न मुलुकबाट आएका व्यक्तिको विवतरण दिन हरेक वडामा रहेका टोल विकास समाजलाई आग्रह गरेको छ ।

झापाका प्रहरी प्रमुख एसपी कृष्ण कोइरालाले नजिकको प्रहरी कार्यालय वा जनप्रतिनिधिलाई सूचना दिन अनुरोध गरेका छन् । उनले भनेका छन्, ‘आफ्नै घरमा एकान्तवासमा बसिरहेकाहरुको अवस्थाबारे जानकराी लिन प्रहरीलाई सहयोग गर्नुहुन अनुरोध छ ।’

कोइरालाले कतिपयलाई विषयको गम्भीरता बुझाउन जरुरी रहेको बताउँदै आ–आफ्नो स्थानबाट योगदान गर्न भनेका छन् । अनलाईन खबर

Leave a Reply

Your email address will not be published.