इलामको पशुपतिनगरमा १५ शैयाको क्वारेन्टाइन स्थापना

  • 263
    Shares
इलामको  पशुपतिनगरमा १५ शैयाको क्वारेन्टाइन स्थापना

७५ जना बाहिरबाट आएका ब्यक्तिको निगरानी

सूर्योदय : इलामको सूर्योदय नगरपालिका २ पशुपतिनगर स्वास्थ्य केन्द्रको पुरानो भवनमा अन्य स्वास्थ चौकी र पशुपति स्वास्थ्य केन्द्रलाई असर नपुग्ने गरी कोरोना भाईरस संक्रमणको रोकथाम र पूर्व तयारीको लागि १५ शैयाको क्वारेन्टाइन स्थापना गरेको छ।

१५ शैयाको लागि आवश्यक स्वास्थ्यकर्मी र सामानहरुको साथ स्थापना भएको क्वारेन्टाइनमा भारत लगायत तेस्रो मुलुकबाट स्वदेश फर्केका व्यक्तिहरु आवश्यकता वा शंका लागेमा क्वारेनटाईनमा बस्नुपर्ने नगरपालिकाले जनाएको छ।
नगरपालिकाले १४ वटै वडामा निम्न विभिन्न ठाउँहरुबाट आफ्नो घर फर्किएकाह?को लगत समेत संकलन गरी जानकारी लिई रहेको जनाएको छ ।

वडा नं १ केरलाबाट ७,बेङलोरबबाट १, दिल्ली बाट १,
वडा नं २ सिलिगुडी बाट ४
वडा नं ३ केरलाबाट ३,माल्दिभ्सबाट २
वडा नं ४ कतार १,मलेसिया १
वडा नं ५ दिल्ली ,केरला र बेङलोर बाट १५ जना
वडा नं ६ मलेलेसियाबाट २, हरियाना बाट १
वडा नं ७ भारतबाट ७
वडा नं ८ मलेसिया १,दुबई १,यु के २,कतार १
वडा नं ९ केरला २, कतार १
वडा नं १० बहराइन बाट १,मलेसिया बाट २ र भारतबाट २
वडा नं ११ प्रवेश नभएको
वडा नं १२ भारतबाट १
वडा नं १३ मलेसियाबाट २,साउदीबाट १, भारतबाट ४
वडा नं १४ केरलाबाट १,मलेसियाबाट २,दुबईबाट १ र बेङलोरबाट ३
जम्मा ७५ जना रहेको छ।


सबै वडाका वडाध्यक्ष,जनप्रतिनिधि र कर्मचारी मार्फत उनीहरुको स्वास्थ्य जानकारी नगरपालिकाले नजिकबाट लिईरहेको नगरले जनाएको छ । ४० बढी ब्यक्ति केरलाबाट सूर्योदय नगरपालिका हुँरदै बिभिन्न स्थानमा प्रवेश गरेकाले जोखीम बढन सक्ने बुझिएको छ । उनीह?को खोजी भैरहेको स्थानीय प्रसासनले जानकारी दिएको छ ।