चिनियाँ नाका खोल्ने सरकारको निर्णय

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली प्रदेश नं. १ स्वास्थ्य/शिक्षा

काठमाडौँ : माघ १५ देखि बन्द चिनतर्फका दुई नाकाबाट समान आयातरनिर्यात गर्ने गरी खुलाउने निर्णय सरकारले गरेको छ ।उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बुधबारको बैठकले चिनियाँ नाका खुला गर्ने निर्णय गरेको हो ।

‘स्वास्थ्य तथा जनसंख्या मन्‍त्रालय र कृषि तथा पशुपन्छी विकास मन्‍त्रालयको स्वास्थ्य सम्बन्धी प्रोटोकल पालना गरी चीनतर्फका रसुवागढी र तातोपानी नाकाबाट मालसामान आयात निर्यात कार्य सुचारु गर्ने,’ निर्णयमा भनिएको छ, ‘यस सम्बन्धी आवश्यक समन्वय गृह मन्‍त्रालय र अर्थ मन्त्रालयले गर्ने।’
कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण फैलिएसँगै चीनतर्फको रसुवागढी र तातोपानी नाका बन्द छ। ‘चीनतर्फ रसुवागढी नाकामा नेपालका लागि हिंडेका करिब २ सय कन्टेनर रोकिएको र त्यो नाका बन्द गर्ने औपचारिक निर्णय नेपालले नगरेकाले’भन्दै तत्काल सामान आवतजावत सुरु गर्नुपर्ने चिनियाँ पक्षले नेपाललाई भनिरहेको थियो।

सामान आयात निर्यात बाहेकको क्रियाकलापका लागि चीन र भारततर्फको नाका बन्द गर्ने निर्णय गत सोमबार मन्त्रिपरिषद्को बैठकले गरिसकेको छ। ‘दुवै देशबाट समान ल्याउन पाइने भएकाले चीनतर्फको पनि बन्द नाका खोल्न गृहकार्य’ गत साताबाट सुरु भएको थियो।

गत सातासम्म नेपालले आवतजावतमा विस्तारै चारैतिरबाट कडाइ गर्दै लगेकाले तत्काल चिनियाँ नाका खोल्न चाहेको थिएन्। भारतबाट आयात सुचारु रहेको, समान्य अवस्थामा भन्दा आयातमा समस्या देखिइसकेको लगायत कारणले केही दिनयता नेपालका सरकारी अधिकारीहरु चिनियाँ नाका खोल्न सहमत भएका हुन्।

गत सोमबार अर्थमन्त्री युवाराज खतिवडाले आपूर्ति प्रणाली सहज गराउन चिनतर्फको नाका खोल्न छलफल गरिरहेको बताएका थिए। नयाँ वर्षको अवसर पारेर गत माघ १५ देखि चिनियाँ पक्षले केही दिनका लागि यी नाका बन्द गरेको थियो।

लगत्तै कोभिड–१९ फैलिएपछि नाका बन्दलाई चिनियाँ पक्षले नै निरन्तरता दिने निर्णय गरेको थियो। नेपाल आयात हुने धेरैजसो सामग्री ०७२ मंसिरदेखि रसुवागढी नाकाबाट आउने गरेको थियो।

यो नाकालाई ०७४ भदौ १४ गते चीन सरकारले ‘अन्तर्राष्ट्रिय नाका’ घोषणा गरेपछि सीमामा व्यापारी, व्यवसायी र सवारी साधनको चाप बढ्दै गएको थियो। नेपालको वैदेशिक व्यापारमा चिनियाँ सामग्रीको हिस्सा १६ प्रतिशत छ। इकान्तिपुरबाट

Leave a Reply

Your email address will not be published.