लकडाउनमा जनताको सेवामा देउमाई नगरपालिका र वडाध्यक्षको प्रशंसनिय कार्य

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १

इलाम, चैत्र : नोबेल कोराना भाइरस– कोभिड १९ को प्रभाव देशभर परिरहेको छ । यस अवस्थामा जिल्लाका बिभिन्न स्थानिय तहले जनतालाई समस्या नहोस र समस्या भए सााधानका लागि भन्दै बिभिन्न कामहरु गरिरहेका छन् । सरकारले देशका बिभिन्न क्षेत्रमा रोग फैलिन नदिन देशलाई लकडाउन गरेको छ । त्यस्तै इलामको देउमाई नगरपालिकाका जाप्रतिनिधिहरुले पनि रोग पस्न नदिन बिभिन्न कार्य गर्दै आएका छन् । लकडाउनको समयमा जनतालाई आउन सक्ने समस्याको समाधान गर्न नगरपालिकाले बिभिन्न कार्यहरु अघि सारेको छ ।
नगरपालिकाको बैठकले प्रत्येक वडामा सम्बन्धित वडा अध्यक्षको संयोजकत्वमा ५ सदस्यीय आपतकालनीन समिति गठन गरेको हो । समितिका सदस्य सचिवमा वडा सचिव र सदस्यहरुमा स्वास्थ्य संस्थाका प्रमुख, सुरक्षा निकायका प्रतिनिधी, नेतृत्व विद्यालयका प्रधानाध्यापक रहने प्रावधान गरेको थियो ।
त्यस्तै टोल स्तरिय कोभिड १९ रोकथाम तथा नियन्त्रण आपतकालिन समिति वडा सदस्य (सम्भव भएसम्म) को संयोजकत्वमा स्थानीय समाजसेवी, सम्भव भएसम्म स्वास्थयकर्मी, सुरक्षाकर्मी, शिक्षक, कर्मचारीलगायत रहेका छन् ।
यहि कार्यक्रमलाई अघि बढाउँदै देउमाई नगरपालिका वडा नम्वर चारले समिति गठन गरिसकेको छ । वडाध्यक्ष राजेन्द्र बास्तोलाको संयोजकत्वमा गठित सदस्यहरुमा डा. मंगलबहादुर यल्मु, भुपेन्द्र ढुंगाना, बासुदेव कट्टेल र सदस्य सचिवमा वडाका सचिव चन्द्र राउत रहेका छन् ।
त्यस्तै १० वटा टोलमा १० वटा समिति गठन गरिएको छ । त्यस समितिले टोलमा लक डाउनको अनुगमन तथा नियन्त्रण, बाहिरी देशबाट आउनेको निगरानी तथा घरमै क्वारेनटाइनमा बसेकाहरुको स्वास्थ्य अवस्था अध्यावधिक गर्ने कार्य गर्ने बताइएको छ ।


वडाले अत्यावश्यक खाद्य उप समिति समेत निर्माण गरेको छ । सो समितिले गरिव, मजदुर लगायतलाइ लक डाउनका समयमा खाद्यय संकट परेमा आवश्यक सहयोगका लागि अनुगमन तथा सहयोग गर्ने वडाध्यक्ष राजेन्द्र बाँस्तालाले जानकारी दिए । वडाबासी बिरामी भए घरमा नै पुगेर सेवा दिनका लागि स्वास्थ्यकर्मीको समेत ब्यवस्था गरिएको छ । साथै घरमा नै बसेर लक डाउनको पालना गर्न समेत वडाध्यक्ष बाँस्तोलाले आग्रह गरेका छन् । लकडाउनको समयमा वडाका नागरिकहरुलाई समस्या पर्ने भन्दै उनले यस्तो कार्य अगाडी बढाएका हुन् । यस किसिमको कार्यलाइ वडाका बासिन्दाहरुले आफ्नो मर्म बुझेको भनेर वडाध्यक्षलाई धन्यवाद दिएका छन् । वडा अध्यक्ष बाँस्तोलाले समेत जनप्रतिनिधि शासक नभएर जनताको सेवा गर्ने ब्यक्ति भएकाले पनि वडामा यस किसिमको कार्यक्र अगाडी सारिएको बताए । लकडाउनको समय लम्बिए र जनतालाई थप समस्या भए अझ राहतका कार्य अगाडी बढाइने उनको भनाई छ ।

वडाले जारी गरेको जानकारी पत्र (2)


यता वडानम्वर पाँचका वडाध्यक्ष दिलिपकुमार कार्कीले समेत नयाँ कार्य अगाडी सारेका छन् । उनले वडामा भएका गरिव तथा बिपन्नहरुका लागि नुन, तेल र चामल निशुल्क बितरण गरिने बताएका छन् । त्यस्तै अन्यलाई समेत वडाका टोलटोलमा पुगेर शौलियत दरमा सामान दिइने घोषणा गरेका छन् । बरभन्ज्याङ युवा क्लबको सहयोगमा आफुहरुले सो कार्यक्रम सञ्चालन सुरु गरिएको वडाध्यक्ष कार्कीको भनाई छ ।


देउमाई नगरपालिका वडा नम्वर पाँच धुसेनीका जनतालाई लकडाउनले असर गर्ने भन्दै सौलियकको कार्यक्रम अगाडी सानु परेको उनको भनाई छ । त्यस्तै जिल्लाका अन्य वडा तथा स्थानिय तहहरुले समेत नयाँ नयाँ कार्यहरुमहरु अगाडी सारिरहेका छन् ।

Leave a Reply

Your email address will not be published.