देउमाई नगरपालिकामा कोरोनाको अवस्था सम्बन्धी प्रदेश मन्त्री मगरसँग छलफल

देउमाई नगरपालिकामा कोरोनाको अवस्था सम्बन्धी  प्रदेश मन्त्री मगरसँग छलफल

इलाम : विश्व व्यापीरुपमा संक्रमणको रुपमा फैलिरहेको कोरोना भाइरस -(कोभिड १९) को अवस्था सम्बन्धमा देउमाई नगरपालिकाले प्रदेश १ का कृषि सहकारी तथा भूमि व्यवस्था राज्यमन्त्री रामबहादुर मगरसँग छलफल गरेको छ ।

आफ्नो गृहनगर देउमाई नगरपालिकाको मंगलबार पुगेर मन्त्री मगरले नगरप्रमुख सुर्यप्रसाद पोख्रेलसहित नगरस्तरीय कोरोना रोकथाम तथा नियन्त्रण आपतकालीन समितिसँग छलफल गरेका थिए ।

छलफलमा मन्त्री मगरले कोरोना रोकथामका लागि प्रदेश सरकारको तयारी र नगरप्रमुख पोख्रेलले नगरपालिकाले हालसम्म गरेका कार्य तथा भावी योजनाबारे जानकारी गराएका थिए ।

समितिले संक्रमणकालीन समयमा कालोबजारी, अभाव सिर्जना गर्ने जस्ता विषयहरुले प्रश्रय पाउने संभावनामहरुलाई मध्यनजर गर्दे उक्त समस्या निराकरणका लागि व्यवसायीहरुको सहयोगमा नियमित रुपमा भण्डार र मूल्यसूचि अध्यावधिक गर्ने साथै समयसमयमा अनुगमन समेत गर्ने निर्णय गरेको छ ।

त्यसैगरी भारतलगायत तेस्रो मुलुकबाट नगरपालिका प्रवेश गरेका व्यक्तिहरुको नामावली संकलन गरी नगरपालिकामा प्रतिवेदन पेश गर्न साथै नगरपालिका क्षेत्रभित्र रहेको लकडाउनले प्रत्यक्ष प्रभावमा रहेका व्यक्तिहरुको नामावली संकलन गर्न वडा स्तरीय आपतकालीन समितिलाई निर्देशन दिने निर्णय गरेको छ । त्यस्तै टोल स्तरीय आपतकालीन समितिबाट प्रत्येक दिन २ बजे र वडास्तरीय आपतकालीन समितिलाई ३ बजे भित्र प्रतिवेदन गर्ने निर्देशन दिने निर्णय समेत गरेको छ ।

लकडाउन अवधिभर एक परिवारबाट अर्का परिवार बीचको प्राय सम्पर्क नरहने गरी दैनिक जीवनयापनका कार्यहरु संचालन गर्न आम नागरिकहरुलाई अनुरोध गर्दे लकडाउनलाई प्रभावकारी तवरले सफल पार्न सहयोग गर्ने स्वस्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधी , कर्मचारी , राष्ट्रसेवक र आम देउमाई नगरबासीलाई धन्यवाद दिदै नेपाल सरकारले थप गरेको लकडाउनलाई अझ प्रभावकारी रुपमा सफल पार्न अनुरोध गरेको छ ।नयाँ बुलन्द