बहिबाट आउनेका कारण ‘त्रासमै इलामका गाउँघर’

  • 242
    Shares
बहिबाट आउनेका कारण ‘त्रासमै इलामका गाउँघर’

खोजी गर्दै स्थानीय सरकार

प्रेम अधिकारी इलाम

इलामको माईजोगमाई गाउँपालिकामा अहिले नयाँ अनुहार भएका मानिसको चहलपहल निक्कै बढेको छ । बिहान बेलुका नयाँ अनुहार भएका मानिस हिडडुल गरिरहे पछि स्थानीय भने त्रासमा छन । कोरोना भाईरसको संक्रमण बढ्दै गए पछि छिमेकी देश भारतमा रोजगारी र अध्ययनका लागि गएकाहरु अहिले बग्रेल्ती घर फर्कीएका छन् । दुबै देशमा लकडाउन भए पछि उनीहरु खुल्ला सिमा नाकाको फाईदा उठाउदै इलाम जिल्लाका बिभिन्न गाउँपालिकामा प्रवेश गरी सकेका छन् । यसरी भारतको केरला लगायतका स्थानबाट आएकाहरु कुनै स्वास्थ्य परीक्षण बिनै गाउँ पसि रहेका छन् । गाउँ आएका युवाहरु एकै स्थानमा अर्थात होम क्वारेनटाईनमा समेत बसेका छैनन् । सके सम्म गाउँ घुमी रहेका छन । माईजोगमाई १ का मदन भण्डारीले घर आउनेलाई गाउँमा नआईज भन्न नसक्ने भएका कारण गाउँ अशुरक्षीत बन्न थालेको बताउनु भयो । इलामको रोङ गाउँपालिकाको मेची किनार देखि सन्दकपुर गाउँपालिकाको सन्दकपुर डाँडा सम्मको ५२ किलो मिटर क्षेत्र भारत संग सिमाना जोडीएको क्षेत्र पर्दछ । रोङ गाउँपालिका , सूर्योदय नगरपालिका , माईजोगमाई गाउँपालिका र सन्दकपुर गाउँपालिकाका सिमा जोडिएका क्षेत्रबाट भारतमा काम गर्ने नेपाली र भारतीय नागरिक समेत इलामका गाउँ बस्तीमा आश्रय लिन आईरहेका छन् । पशुपतिनगर , जौबारीमा प्रहरीले निगरानी गरे पनि पातलो गाउँ भएका कारण अन्य स्थानबाट सिमा पार गरेर छिर्न त्यसरी आउनेलाई सजिलो हुँने गरेको छ । माईजोगमाई गाउँपालिकाका अध्यक्ष जितबहादुर राईले भारतबाट आउने ब्यक्तिको निगरानी बढाईएको र सिमा क्षेत्रमा कडाई गरिएको बताउनु भयो । उहाले भन्नु भयो‘ घर आउनेलाई रोक्न सकिन्न मानविय संबेदना बुझनु पर्छ, तर , आउनेले क्वारेनटाईनमा बसीदिनु पर्छ ।’ इलामका प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाईले सिमा क्षेत्रबाट आउनेलाई रोक्न पहल भैरहेको जानकारी दिनु भयो । उहाले यसरी आएकाहरुलाई इमान्दारिताका साथ जिल्लामा संचालन भएका क्वारेनटाईनमा आएर १४ दिन बसीदिन अनुरोध समेत गनुृ भयो ।

इनपामा कोरोना नागरिक सुरक्षा कोषः
कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि इलाम नगरपालिकाले ‘कोरोना नागरिक सुरक्षा कोष’ स्थापना गरेको छ । नगरपालिकाले कोरोना भाइरसको प्रकोप रोकथाम तथा नियन्त्रणका लागि कोष स्थापना गरि खर्चको व्यवस्थापन १० लाख रुपियाँ रकम जम्मा गरेको हो ।
नगरपालिकाले तत्काल १० लाख रुपियाँ रकम जम्मा गरी खर्चको व्यवस्थापन गर्ने प्रशासकीय अधिकृत रामकुमार शाहले जानकारी दिनु भयो । आवश्यक परेमा थप रकम जम्मा गरिने जनाइएको छ । इलाम नगरपालिका स्थापना गरेको कोषमा इलाम नगरपालिकाका जनप्रतिनिधिहरुको १ महिनाको सुविधा बराबरको रकम तत्काल जम्मा गर्ने जनाएका छन् । कोषमा स्वेच्छिक रुपले योगदान गरी सहयोग गर्न इलाम नगरपालिकाका कर्मचारी, शिक्षक, इलाम नगरपालिकाका विभिन्न संघसंस्था तथा व्यक्तिहरुलाई आव्हान समेत गरेको छ । नगरको उक्त कोषमा निर्माण ब्यवसायी संघ इलामले एक लाख रुपिया जम्मा गरेको छ ।

शहर बजार सुनसानः
सरकारले लकडाउन गरेपछि इलामका मुख्य बजार क्षेत्र सुनसान छन् । प्राय मानिस बाहिर निस्किीएका छैनन् । इलाम बजार , फिक्क्ल बजार , पशुपतिनगर बजार , मंगलबारे बजार , नयाँ बजार जस्ता बजार सुनसान छन् । खाद्यान्न लगायतका पसल समेत नखोलीए पछि सरसामान खरिद गर्न समेत स्थानीयलाई समस्या छ ।