इलामको देउमाई नगरपालिकाका स्वस्थ्य–सुरक्षाकर्मी र नगरका कर्मचारीलाई स्वास्थ्य सामग्री बितरण

Breaking News Hot News Mukya Samachar Trending घुमफीर जीवन शैली प्रदेश नं. १ प्रमोसन स्वास्थ्य/शिक्षा

इलाम :

इलामको देउमाई नगरपालिकाले कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि अग्रपंतीमा खटीएका स्वस्थ्यकर्मी ,सुरक्षाकर्मी र नगरपालिकाका कर्मचारीलाई बिभिन्न स्वास्थ्य सामग्री बितरण गरेको छ ।
नगरपाकिाले कोरोना भाइरस (कोभिड १९) को रोकथाम तथा नियन्त्रणका लागि नगर क्षेत्रमा खटीएका स्वस्थ्यकर्मी ,सुरक्षाकर्मी र नगरपालिकाका कर्मचारीहरूकालागि सर्जीकल माक्स पीपीई तथा सेनिटाईजर वितरण गरेको हो ।
बुधबार इलाका प्रहरी कार्यालय मंगलबारे ,मंगलबारे प्राथमिक स्वास्थ्य केन्द्र ,स्वास्थ्य चौकी चमैता ,वडा कार्यालय १, २ तथा सहरी स्वास्थ्य चौकी साब्जुङ ,प्रहरी विट नेपालटार र प्रहरी चौकी रक्सेमा उक्त सामग्री वितरण गिरिएको नगरपालिकाका सूचना अधिकारी गोबिन्द बास्तोलाले जानकारी दिनु भयो । बिहीबार अन्य वडाको स्वास्थ्य चौकीमा उक्त सामग्री वितरण गरिने जनाईएको छ ।

Leave a Reply

Your email address will not be published.