पहिलो पटक नेपालभित्रै कोरोना भाइरस सरेको पुष्टि, तीन जना नयाँ थपिए

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली प्रदेश नं. १ स्वास्थ्य/शिक्षा


तीनै जना सुदुरपश्चिम प्रदेशका

काठमाडौँ: सुदुरपश्चिम प्रदेशको कैलाली र कन्चनपुरमा थप तीन जनामा नोवल कोरोना भाइरस (कोभिड – १९) पोजेटिभ पाइए पछि नेपालमा संक्रमितको संख्या ९ पुगेको छ।

कोरोनाको तथ्याङक अद्यावधिक गर्ने वल्डमिटर डट इन्फोले पनि नेपालको नयाँ तथ्य अपडेट गरेको छ। स्वास्थ्य मन्त्रालयले सम्भवत दिउँसो पत्रकार सम्मेलनमा यसको जानकारी गराउने छ तर मन्त्रालय स्रोतले भने नयाँ संक्रमितको तथ्यको पुष्टी गरेको छ।

यसअघी दुबईबाट आएका एक कोरोना संक्रमितको आफन्त महिलालाई कोरोना संक्रमण पाइएको छ। उनी बिदेशबाट आएका आफ्ना देवरबाट संक्रमित भएको पाइएको हो। संक्रमितमध्ये अरु दुई जना भने भारतबाट आएकाहरु हुन् ।

लम्कीबाट पत्रकार देवानन्द न्यौपानेका अनुसार कैलाली लम्कीका एक पुरुषलाई सेती प्रादेशिक अस्पतालमा लगिएको थियो। अहिले उनलाई आइसोलेसनमा राखिएको बताइएको छ। उनैमा कोरोना पोजेटीभ देखिएको स्रोतले बताएपनि अस्पताल प्रसासनले औपचारीक रुपमा नभनेको उनले बताए। २१ बर्षीय पुरुष केही समय अघि भारतको मुम्बईबाट आएर क्वारेन्टाइनमा रहेका थिए ।

भारतको उत्तराखण्डबाट आएका पेरकोट कञ्चनपुरका ४१ बर्षीय पुरुषमा पनि पोजेटीभ देखिएपछि उनलाई पनि आइसोलेसनमा राखिएको बताइएको छ। उनी पनि क्वारेन्टाइनमा रहेका थिए । सबै संक्रमितहरुलाई गए राती नै आइसोलेसनमा राख्न सेती प्रादेशीक अस्पताल धनगढीमा ल्याइएको थियो।

यसअघि ६ जनामा संक्रमण देखिएको थियो । एक जनाको उपचार भएर निको भएका छन् भने बाँकीको आइसोलेसनमा रहेर उपचार भइरहेको छ । हाम्रा कुराबाट

Leave a Reply

Your email address will not be published.