माई नगरपालिकालाई सहारा नेपालद्धारा दश क्वीटल खाद्यान्न सहयोग

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ प्रमोसन स्वास्थ्य/शिक्षा

बिमल दाहाल दानाबारी :
इलामको माई नगरपालिकालाई सहारा नेपाल (सकोस) दानाबारी सेवा केन्द्रले दश क्वीटल खाद्यान्न सहयोग गरेको छ ।
साहारले माई नगरपालिका वडा नम्बर–२ का वडाध्यक्ष खम्बासिंह लिम्बु र कार्यपालिका सदस्य राजेन्द्र कुमार धमलालाई संयुक्त रुपमा दश क्वीटल चामल प्रदान गरेको हो ।
माई नगरपालिकाका नगर प्रमुख दिपक थेबेले जिन्सी तथा नगद सहयोग गर्न चाहाने इच्छुक ब्याक्ति, संघ–संस्था, उद्योगी, ब्यापारी एवं सरोकारवाललाई एकद्धार प्रणाली मार्फत राहात प्रदान गर्न अनुरोध गरिएपछी साहाराले पहिलो जिन्सी सहयोग रहेको बताईएको छ
बिश्वब्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरस रोकथाम र नियन्त्रणका लागि लकडाउन भएपछी आफ्ना सदस्य तथा बिपन्न नगरबासीलाई खाद्यान्न समस्या भएको बेला खाद्यान्न सहयोग गरिएको सहारा नेपाल दानाबारी सेवा केन्द्रका प्रमुख त्रिलोचन तिम्सीनाले जानकारी दिनुभयो ।यस अघि एकद्धार प्रणाली मार्फत माईका संस्थागत बिद्यालयहरुले नगद ६३ हजार नगरको बिपत राहात कोषमा जम्मा गरेका थिए ।

Leave a Reply

Your email address will not be published.