सूर्योदय नगरपालिकामा ८५ शैय्याको क्वारेन्टाइन थपिदै

  • 82
    Shares
सूर्योदय नगरपालिकामा ८५ शैय्याको क्वारेन्टाइन थपिदै


फिक्कल : सुर्योदय नगरपालिकाले कोरोना भाईरसको जोखिमलाई मध्यनजर गर्दै सम्भावित संक्रमणबाट बच्न र संक्रमण फैलिन नदिन थप ८५ शैय्याको क्वारेन्टाइन स्थापना गर्ने भएको छ। नगर कार्यपालिकाको शुक्रबार बसेको बैठकले सो निर्णय गरेको हो । त्यस्तै नगरपालिकाको समन्वयमा सुरु भएको हरियो चिया पत्ति टिपाई,संकलन र प्रशोधन सम्मका कामको सघन अनुगमननिरिक्षण गर्न वडा नं ३ का वडाध्यक्ष होम कार्कीको संयोजकत्वमा वडा नं १४ कन वडाध्यक्ष नर बहादुर सुवेदी,घरेलु तथा उद्योग शाखा प्रमुख ईश्वरी अधिकारी सदस्य रहने गरि समितिको निर्माण गरेको हो।
सो समितिलाई नगरपालिकाले तयार गरेको १८ बुद्दे मापदण्ड विपरित हरियो चिया पत्ति टिपाई,संकलन र प्रशोधन गरिएको पाईएमा तुरुन्त बन्द गर्न सक्ने गरि अधिकार दिईएको छ।यसका साथै राहत वितरण कार्यलाई प्रभावकारी,पारदर्शी ढंगले लक्षित व्यक्तिहरु सम्म पुर्याउन आवश्यक प्रक्रिया अगाडि बढाउदै लैजाने निर्णय भएको नगर प्रमुखका स्वकिय सचिव दिपेश राईले जानकारी दिए । माईजोगमाई र रोङ गाउँपालिकामा समेत क्वारेन्टाईन थप्ने तयारी भैरहेको छ ।