इलामका क्वारेन्टाइनमै कोरोना परीक्षण गरिदै

इलामका क्वारेन्टाइनमै कोरोना परीक्षण गरिदै


इलाम: कोरोना भाईरस(कोभिड–१९) का कारण क्वारेन्टाईनमा राखीएकाहरुको इलाममा परीक्षण शुरु गरिएको छ । प्रदेश १ सरकार मार्फत जिल्लाम ¥यापिड डाइगोनोस्टिक टेष्ट किट (आरडीटी) आइपुगेपछि स्वास्थ्यकर्मीको टोलीले जिल्लाका १० वटै स्थानीय तहमा बनाइएका क्वारेन्टाइनमै स्वास्थ्य परीक्षण सुरु भएका हुँन । प्रदेश कार्यालयबाट एक सय २० थान किट इलाम आइपुगेको जिल्ला स्वास्थ्य कार्यालय इलामले जनाएको छ ।
लकडाउनको समयमा बाहिरबाट आएका र बाहिरी मासिनको सम्पर्क पछि क्वारेन्टाईनमा बसेका मानिसको आईतबार देखि स्वास्थ्यकर्मीले क्वारेन्टाइनमै पुगेर स्वास्थ्य परीक्षण गर्न थालेको जिल्ला स्वास्थ्य कार्यालय इलामका प्रमुख वृजकुमार दासले जानकारी दिनु भयो । प्रमुख दासले भन्नु भयो‘ आरडिटी किट आईपुगे पछि धेरै सहज भएको छ, हामी कोरोना परीक्षणका लागि सबै स्थानीय तहमै पुग्छौ ।’
कार्यालयले आरडिटी गर्दा ¥यापिड टेस्ट नेगेटिभ रिर्पोट देखिएका व्यक्तिलाई घर पठाइने र पोजेटिभ रिर्पोट देखिएकालई क्वारेन्टाइनमै राखेर स्वाब परीक्षण गरिने छ । इलाम जिल्लामा हाल १५ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि इलाममा ११ बेडको आइसोलेसन उपचार कक्ष समेत निर्माण गरिएको छ ।
कोरोना भाइरस नियन्त्रणका लागि इलाममा २ सय ४७ वेडको क्वारेन्टाइन स्थानीय तहले निर्माण गरिसकेका छन् । इलामका क्वारेन्टाइनमा २७ जना र बिदेशबाट आएका ३ सय ८८ जनालाई होम क्वारेनटाइनमा राखिएको छ ।

भारतबाट लुकीछिपी आउनेका कारण इलामका ग्रामिण क्षेत्रमा भने त्रास बढदै गएको छ । भारतबाट आउने क्रम नरोकीए पछि नेपाल भारत सिमा क्षेत्रका सात स्थानमा शसस्त्र प्रहरीको अस्थाई पोष्ट समेत स्थापना गरिएको छ । भारत संग सिमाना जोडिएको सूर्योदयन गरपालिका , माईजोगमाई गाउँपालिका र रोङ गाउँपालिकामा क्वारेन्टाईन थप्ने तयारी समेत भैरहेको छ ।