सूर्योदय नगरपालिकालाई उद्योग वाणिज्य संघद्धारा स्वास्थ्य सामग्री सहयोग

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ प्रमोसन स्वास्थ्य/शिक्षा

फिक्कल : कोरोनाको जोखिमबाट न्युनिकरणका लागि सूर्योदय नगरपालिकालाई सूर्योदय नगर उद्योग वाणिज्य संघले व्यक्तिगत सुरक्षा सामाग्री ९पिपिई० र नगद सहयोग गरेको छ । बाणिज्य संघले १० थान पिपिई र २५ हजार रुपैया सहयोग प्रदान गरेको हो ।
संघका अध्यक्ष प्रमोद राई, बरिष्ठ उपाध्यक्ष चन्दन अग्रवाल र सदस्य सुरेन पौडेलले नगर प्रमुख रणबहादुर राईलाई ६२ हजार मुल्य बराबरको पिपई र २५ हजार रुपैयाको चेक प्रदान गरेका हुन् । कोरोना विरुद्ध आफ्नो ज्यानको पर्वाह नगरी लडिरहने स्वास्थ्यकर्मीहरुको सहजताको लागि पिपिई र नगर क्षेत्रका विपन्नहरुको खाध्यान्न लगायत अन्य सुविधाका लागि नगद प्रदान गरिएको वाणिज्य संघका अध्यक्ष प्रमोद राईले बताए ।

Leave a Reply

Your email address will not be published.