इलामको माई नगरपालिकाका ८ जनाको रिर्पोट नेगेटिभ

  • 230
    Shares
इलामको माई नगरपालिकाका ८ जनाको  रिर्पोट नेगेटिभ

माई : दक्षिणी इलामको माई नगरपालिकामा क्वारेन्टाइनमा बसेका ८ जनाको र्‍यापिड डाइगोनोस्टिक टेष्ट नेगेटिभ देखिएको छ ।

संस्थागत क्वारेन्टाइनमा राखिएका ६ जना र होम क्वारेन्टाइनमा राखिएको २ जनाको सोमबार र मंगलबार लगाएर परिक्षण गरिएको हो । आरडीटी रिर्पोट नेगेटिभ देखिएको नगरपालिकाका शाखा अधिकृत नविन पौडेलले जानकारी दिए ।
माईमा बैदेशिक रोजगारीबाट आएका होम क्वारेन्टाइन र संस्थागत क्वारेन्टाइन गरी १७ जनाको टेस्ट गर्ने तयारी भएको छ । चुलाचुली परिक्षणपछि बाँकी रहेका ९ जनाको आरडीटी गरिने पौड्यालले बताए ।

आरडिटी गर्दा नेगेटिभ रिर्पोट देखिएका व्यक्तिलाई घर पठाइने र पोजेटिभ रिर्पोट देखिएकालई क्वारेन्टाइनमै राखेर स्वाब परीक्षण गरिनेछ । इलाममा हाल १४ जना संस्थागत क्वारेन्टाइनमा राखिएको छ ।