इलामको माईजोगमाईमा र्‍यापिड टेस्ट सुरु, १ स्पेनिस नागरिक सहित १० को परीक्षण

  • 251
    Shares
इलामको माईजोगमाईमा र्‍यापिड टेस्ट सुरु, १ स्पेनिस नागरिक सहित १० को परीक्षण

माईजोगमाई : माईजोगमाई गाउँपालिकामा र्‍यापिड टेस्ट सुरु गरिएको छ । गाउँपालिकाको कार्यालयमा सुरु भएको टेस्टमा हालसम्म १० जनाको टेस्ट गरिएको छ । जसमा १ जना स्पेनिस , १ जना भारतिय नागरिक र अन्य ९ जना विभिन्न देशबाट आएका गाउँपालिकाका बासिन्दाहरु रहेका छन् ।

टेष्टबाट कसैमा पनि कोरोनाको संक्रमण पोजेटिभ नदेखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । महामारी रोग नियन्त्रण इलामका संयोजक विमल बरालको नेतृत्व गएको टोलीले माईजोगमाईमा कोरोनाको परिक्षण गरेको हो ।

अरु विदेशबाट आएकाहरुको सोयाङको स्वास्थ्य चौकी टेस्ट गरिने भएको छ । विदेशबाट घर फर्किएर आएकाहरुको स्वास्थ्य कार्यालयको सहयोग ¥यापिड टेस्ट गरिने गाउँपालिका अध्यक्ष जितबहादुर राईले जानकारी दिए । उनले कोरोनाको जोखिम बढिरहेको अवस्थामा सरकारले लागु गरेको लकडाउन पुर्ण पालनाका लागि अपिल गरेका छन् ।