कोरोना सम्बन्धी भ्रम फैलाउने इलामका सन्दिप योङ्हाङ पक्राउ

  • 633
    Shares
कोरोना सम्बन्धी भ्रम फैलाउने इलामका सन्दिप योङ्हाङ पक्राउ

इलाम: फेसबुकमा कोरोना सम्बन्धी भ्रामक अफवाह फैलाउने इलामका एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।इलामको फाकफोकथुम गाँउपालिका ७ का २४ बर्षे सन्दिप योङ्हाङ लिम्बुलाई फेसबुकमा कोरोना सम्बन्धी भ्रामक सूचना पोष्ट गरी मानिसलाई आतंकीत बनाएको आरोपमा प्रहरीले शनिबार पक्राउ गरेको हो ।
लिम्बुले इलामको बिब्ल्याटेमा एक जनामा कोरोना सङ्क्रमण भेटियो भनी फेसबुकमा भ्रामक सामग्री पोष्ट गरेका थिए । प्रहरीले नियन्त्रणमा लिएका लिम्बुको बिषयमा थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय इलामका सुचना अधिकृत प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारीले जानकारी दिएका छन् ।