इलाम : इलामको देउमाई नगरपालिकामा २९ जनाको क्वारेन्टाईनमै कोरोना भाइरस(कोभिड १९) को र्यापिड टेस्ट (परीक्षण )गरिएको छ ।
शनिबार देउमाई नगरपालिकाको केन्द्रमा रहेको मंगलबारे प्राथमिक स्वास्थ्य केन्द्रमा विदेशबाट आएर होम क्वारंटाइनमा बसेका ६ महिला र २३ पुरूष गरी २९ जनाको कोरोना भाइरस (कोभिड १९) को आर. डि. टि. मार्फत र्यापिड टेस्ट (परीक्षण) गरिएको हो । होम क्वारेंटाइनमा बसी समय अवधि पुरा गरेका उनीहरु सबैको रिर्पोट नेगेटिभ आएको नगरपालिकाले जानकारी दिएको छ । बाँकी ६ जना व्यक्ति परीक्षणका लागि नआएकाले दोस्रो चरणको परीक्षणमा अनिवार्य उपस्थित हुन नगरपालिकाले अनुरोध गर्दे अटेर गरे नगरपालिकाले बल प्रयोग गर्न बाध्य हुने जानकारी समेत दिईएको छ । इलाममा अहिले कोरोनाको र्यापिड टेस्टलाई तीब्रता दिइएको छ ।
इलामको देउमाई नगरपालिकाका २९ जनाको र्यापिड टेस्ट, सबैको रिर्पोट नेगेटिभ
