देउमाई नगरपालिकालाई शिक्षक संगठनको सहयोग

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ स्वास्थ्य/शिक्षा


देउमाई : नेपाल राष्ट्रिय शिक्षक संगठन देउमाई नगर समितिले कोरोनाबाट हुन सक्ने जोखिम न्युनिकरणका लागि २० हजार रुपैया सहयोग गरेको छ । संगठनले देउमाई नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा सहयोग गरेको हो । अध्यक्ष अग्नि दाहालले देउमाई नगर प्रमुख सुर्य पोखरेललाई चेक हस्तान्तरण गरे । संगठनले आफनो कोषमा शिक्षकहरुले संकलन गरेको रकम विपद व्यवस्थापनका लागि प्रदान गरेको अध्यक्ष दाहालले जानकारी दिए
सहयोग ग्रहण गर्दै नगर प्रमुख पोखरेलले शिक्षकहरुको सहयोगलाई गरिब, विपन्न तथा मजदुरहरुलाई राहत वितरणका लागि खर्च गर्ने प्रतिवद्धता जाहेर गरे । यसअघि माई नगर समितिले माई नगरपालिकालाई २८ हजार मुल्य बराबरको खाध्यान्न सहयोग गरेको थियो । पछिल्लो समय राहत र सहयोगमा शिक्षकजन्य संगठनहरुले समेत सक्रियतापुर्वक भुमिका निर्वाह गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published.