माईजोगमाईमा थप क्वारेन्टाईन निर्माणका लागि अनुगमन र निरीक्षण

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ प्रमोसन स्वास्थ्य/शिक्षा

नयाँबजार : माईजोगमाई गाउँपालिका क्षेत्र भित्र कोरोना भाइरस (कोबिड १९) को रोकथाम तथा नियन्त्रणका लागि थप क्वारेन्टाइन निर्माण तथा व्यावस्थापन लगायतका बिषयमा अनुगमन र छलफल गरिएको छ ।
भारत संग सिमाना जोडीएका क्षेत्रमा थप क्वारेन्टाईन निर्माण गर्न प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा बनेको जिल्ला स्तरीय कोरोना भाइरस (कोबिड १९) को रोकथाम तथा नियन्त्रण समितिको निर्णय अनुसार १०० बेडको क्वारेन्टाईन गाउँपालिकामा निर्माण गर्नका लागि स्थलगत अनुगमन तथा निरीक्षण गरिएको हो ।
जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बराल , इलामका प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाई , माईजोगमाई गाउँपालिकाका अध्यक्ष जीत बहादुर राई तथा सुरक्षा निकायका प्रमुखहरुको उपस्थितिमा माईजोगमाई गाउँपालिकाको केन्द्र नयाँबजारमा थप क्वारेन्टाई निर्माणका लागि अनुगमन तथा निरीक्षण गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी सेढाईले सिमाना जोडिएको क्षेत्र भएकाले थप सर्तकता आवश्यक रहेको बताउनु भयो । जिल्ला समन्वय समिति इलामका प्रमुख बरालले कुनै प्रकारका संकटमा पनि जिल्लाका नागरिक नपरुन भन्नेमा आफुहरु सचेत रहेको जानकारी दिनु भयो । उहाले कोरोना संघ सिंगो बिश्व नै लडिरहेकाले नागरिक समेत आफै सचेत बन्नु पर्ने बताउनु भयो । गाउँपालिका अध्यक्ष जितबहादुर राईका अनुसार नयाँबजार अव १०० बेडको क्वारेन्टाईन निर्माण गरिने छ । यस अघि गाउँपालिकाले ४३ बेडको क्वारेन्टाईन निर्माण गरेको थियो ।

Leave a Reply

Your email address will not be published.